आफ्नै साथिको हत्यारा १० बर्ष पछि पक्राउ, सुत्ने औषधि खुवाएर घाँटी रेटी हत्या गरेको खुलासा

आफ्नै साथिको हत्यारा १० बर्ष पछि पक्राउ, सुत्ने औषधि खुवाएर घाँटी रेटी हत्या गरेको खुलासा

विराटनगर, १० फागुन ।
मोरङबाट १० बर्ष अघि हत्या गरी फरार भएका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलवारीले हत्यामा संलग्नलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रवार पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजानिक गरेको हो । २०६५ साल चैत्र ३१ गते मोरङको भाउन्ने चोक नजिककैको खाली चौरमा झापाको (साबिक अर्जुनधारा गाबिस २) शनि अर्जुन नगरपालिका ४ का २७ बर्षीय दिपक पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा शनी–अर्जुन नगरपालिका २ का शरण भट्टराईलाई पक्राउ गरी सार्बजनिक गरेको हो ।
मृत अबस्थामा भेटिएका पाण्डेलाई घाँटीमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अबस्थामा फेला परेका उनको हत्यारा खोज्न प्रहरी परिचालित थियो ।
प्रहरीले झण्डै १० बर्षको अबधिमा पक्राउ परेका भट्टराईले आर्थिक प्रलोभनका कारण उक्त घटना घटाएको प्रहरीले जनाएको छ । घटना पश्चात भारतका बिभिन्न स्थानहरुमा बस्दै आएका ऊनलाई निरन्तरको प्रयास पछी झापाको काकडभिट्टाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
सवारी चालक रहेका मृतक पाण्डे र प्रतिवादी भट्टराई सामान्य चिनजानका साथी रहेकोले पाण्डेको कारमा बिर्तामोडबाट ईटहरी तर्फ हिडेका भट्टराईले मोरङको पथरी बजार आएपछी कोकाकोलामा स्लीपिङ पिल्स मिसाई खान दिएको र उक्त औषधी खाएपछी चालक पाण्डे सवारी चलाउने नसक्ने अबस्थामा पुगेपछी भट्टराईले आफै कार चलाई घटनास्थलसम्म पु¥याएर हत्या गरेको प्रहरीको अनुसन्धानले फेला पारेको केसीले बताए ।
पाण्डेलाई धारिलो हतियार दाउले प्रहार गरी हत्या पछि सो कार समेत लिई प्रतिवादी भट्टराई पोखरा गएको समेत पाईएको प्रहरीले जनाएको छ । पोखराकै एक ग्यारेजमा ६५ हजारमा धितो राखी भारत तर्फ गएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको थियो, प्रहरी उपरीक्षक केसीले भने ।
पक्राउ परेका प्रतिवादीलाई सोधपुछ गर्ने क्रममा उक्त घटना निजले नै घटाएको भन्ने पुष्टी भएपछी निजलाई सम्मानित जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान मुद्धामा म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका उपरीक्षक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्