साक्षीको नाममा मोरङमा ५१२ जनाले रकम बुझे, विवरण दिन प्रहरीले मानेन

साक्षीको नाममा मोरङमा ५१२ जनाले रकम बुझे, विवरण दिन प्रहरीले मानेन

विराटनगर, १० फागुन ।
जिल्ला प्रहरी कार्यालय मोरङले आर्थिक बर्ष २०७४-०७५मा ५ सय १२ जनाले सरकारवादी मुद्दाका साक्षीलाई रकम बुझाएको जनाएको छ ।

सुचनाको अधिकार प्रयोग गरी माग गरिएको सुचनामा प्रहरीले ५१२ जनालाई ७ लाख ६१ हजार ७ सय ५९ रुपैयाँ साक्षीको नाममा भुक्तानी गरेको लिखित जानकारी दिएको छ । तर कसले कुन प्रक्रिया अन्तरगत कसरी रकम पाए भन्नेमा प्रहरीले उल्लेख गरेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले हस्ताक्षर गरेर उपलब्ध गराएको सुचनामा साक्षीको नाम, थर, ठेगाना उपलब्ध गराउँदा मुलुकी फौज्दारी कार्यबिधी संहिता ऐन २०७४ को दफा ११३ उपदफा ३ बमोजिम गम्भीर असर पर्न सक्ने हुँदा विवरण उपलब्ध गराउन नसकिने जनाईएको छ ।
उल्लेख गरिएको मुलुकी फैज्दारी कार्यबिधी संहिता ऐन २०७४ को दफा ११३ उपदफा ३ मा साक्षीको आबस्यक सुरक्षा नेपाल सरकारले गर्नु पर्ने भनि लेखिएको छ । सुचना दिएको बिषयमा कुनैपनि साक्षीको सुरक्षामा अप्ठेरो पर्ने आधार नभएको सुचनाका अभियन्ता राजु श्रेष्ठले बताए । राज्यले दिएकाे रकमकाे बिषयमा जानकारी लिन पाउने नागरिककाे माैलिक अधिकार भएकाेले मुद्दाकाे विवरण नमागिएकाे भएपनि पाउने ब्यक्त्तिकाे बारेमा जानकारी पाउनु देशकाे नागरिककाे अधिकार भएकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्