जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी लिम्बु लेटाङबाट पक्राउ

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी लिम्बु लेटाङबाट पक्राउ

लेटाङ, १० फागुन ।
जबरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ४ महिना २७ दिन कैद सजाय तोकि फरार रहेका लेटाङ नगरपालिका १ का साने भन्ने हस्त बहादुर लिम्बूलाई ईलाका प्रहरी कार्यालय लेटाङले पक्राउ गरेको छ । प्रहरी सहायक निरीक्षक दिपक कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङको मिति २०७३ फागुन ४ गतेको फैसलाले कैद सजाय पछि उनी फरार रहेकोमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा उनीमाथि मुद्दा परेको थियो ।
बन मुद्दाका पनि पक्राउ
प्रहरीले वन पैदापार मुद्दामा दोषी ठहर भएका अर्का एक ब्यक्तिलाई समेत पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको टोलीले वनपैदावर मुद्दामा १ महिना कैद र उनन्तिस हजार चार सय अठासी रुपैया जरिवाना फैसला भइ फरार रहेका लेटाङ नगरपालिका ८ का डिल्ली बहादुर राईलाइ पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि शुक्रवार जिल्ला अदालत मोरङ पठाइएको प्रहरी सहायक निरिक्षक कटुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्