विराटनगरमा हात्तिपाइले विरुद्धको औषधी खुवाउने तयारी, मोरङ ४८ जना रोगी फेला

विराटनगरमा हात्तिपाइले विरुद्धको औषधी खुवाउने तयारी, मोरङ ४८ जना रोगी फेला

 प्रेम देवान ।
विराटनगर, १० फागुन । स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले हरेक वर्ष हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान अन्तरगत मोरङको बिराटनगर महानगरपालिकाले पनि अभियान संचालन गर्ने भएको छ । यसपटक पनि विराटनगरमा हरेक बर्ष झै यो बर्ष पनि औषधी खुवाउन लागेको हो । मोरङ जिल्लामा पछिल्लो ३ बर्षमा हात्तिपाईले रोग संक्रमितहरु देखिएपछि बिराटनगरमा यो बर्ष पनि हातिपाईले रोग विरुद्धको औषधि खुवाउन लागिएको हो ।

वार्षिक रुपमा अभियान संचालन हुँदै आएको अभियान कै बिचमा मोरङका केही गाउँहरुमा हात्तिपाईले रोगीको संख्या देखिएपछि उनीहरुलाई मध्यनगर गर्दै यसको संक्रमण रोक्नको लागि यो अभियान संचालन गरिएको बिराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाकी ललिता योन्जनले जानकारी दिईन् ।
गत वर्ष जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका २ वर्ष भन्दा माथि ७० वर्षसम्मका ५ लाख ३ हजार ५ सय ८८ जनालाई हातिपाईले विरुद्धको औषधी खुवाएको जनस्वस्थ्य कार्यलयकी योञ्जनले बताईन् ।
रोग विरुद्धको औषधी खान हुँदैन भन्ने गलत धारणा चिर्न नसक्दा अभियान सफन हुन सकिरहेको छैन । तर यसपटक भने अनुभवी र दक्ष स्वास्थ्यकर्मीको संग्लनातामा महानगरको हरेक केन्द्रमा औषधी खुवाउने तयारी भईरहेको उनले बताईन् ।
हात्तिपाईले रोग निवारणका लागि प्रदेशस्थित जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ र विराटनगर महानगरपालिकामा आगामी फागुन १५ गतेबाट औषधी खुवाउने तयारी भएको हो ।
औषधि खुवाउनका लागि महानगरमा १ सय ४८ जना स्वयम सेवक र २ सय ९२ वटा केन्द्र तोकिएको महानगरले जनाएको छ । आगामी २०२० सम्म हात्तिपाईले रोग निर्मुल पारिने विराटनगर महानगरका मेयर भीम पराजुलीले बताए ।
२ बर्षमुनिका बालबालिका, गर्भवती, सुत्केरी, दिर्घरोगी र अन्य रोगको औषधी सेवन गरिरहेका बिरामीले समेत हात्तीपाइले रोगको औषधी सेवन गर्न नहुने स्वास्थ्यकर्मीले वरिष्ठ जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
हात्तीपाइले रोग ठुलो स्वास्थ्य समस्याको रुपमा देखिएको छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । हात्तीपाइले (फाइलेरिया) सरुवा रोग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्