बुबाको हत्या र भाइलाई खुकुरी हान्ने विराटनगरका चुन्नुलाई साढे ३७ वर्ष कैद

बुबाको हत्या र भाइलाई खुकुरी हान्ने विराटनगरका चुन्नुलाई  साढे ३७ वर्ष कैद

 विराटनगर, १० फागुन । जिल्ला अदालत मोरङले मलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि पहिलो पटक एकीकृत कसुरमा साढे ३७ बर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीस राजुकुमार खतिवडाको इजलासले कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगको एकीकृत कसुरमा विराटनगरका १७ का १९ वर्षका चन्नु भनिने बब्लु सिंहलाई ३७ बर्ष ६ महिना कैदको फैसला गरेको हो ।

मुद्दा दर्ता भएको दुई महिनापछि पहिलो पटक एकीकृत कसुरमा फैसला भएको श्रेस्तेदार ईश्वर ओझाले जानकारी दिए ।
बब्लुले झड्केलो बाबु शशी सिंहको धारिलो हतियार तरबार प्रहार गरी हत्या गरेका थिए । उनले भाइ मो. आकाश आलमलाई पनि खुकुरी प्रहार गरि घाइते बनाएका थिए । गत मंसिर २८ गते बब्लुले बुबाको हत्या गरेका थिए ।

मदिरा सेवन गरी भाई आकाशसँग झगडा भएपछि छुटाउन गएका शशीलाई चुन्नुले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट शशीको घटना स्थलमा नै मृत्यु भएको थियो । प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत पुस २२ गते अदालतमा मुद्दा दर्ता गरेको थियो । हरि अधिकारी/अनलाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्