एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगिताको उपाधी मोरङलाई

एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगिताको उपाधी मोरङलाई

विराटनगर, ११ फागुन ।
एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगिताको उपाधी मोरङले चुमेको छ । आठौं राष्ट्रिय कराते प्रतियोगिताका लागि बिराटनगरमा भएको प्रतियोगितामा ६ स्वर्ण दुइ रजत र दुइ कास्य पदक जितेर मोरङले प्रतियोगिताको उपाधी चुमेको हो ।

मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा बिराटनगरको शहिद रंगशाला कभर्डहलमा भएको तीन दिने प्रदेश स्तरीय कराँते प्रतियोगितामा पाँच स्वर्ण, तीन रजत, चार कास्य प्राप्त गर्दै खोटाङ दोश्रो तथा तीन स्वर्ण तीन रजत र चार कास्य पदक जित्दै सुनसरी तेश्रो भयो ।
पुरुष एकलकातामा मोरङका बिनय लिम्बु, ५० केजी तौल समुह पुरुष कुमितेमा महेश यादव, ५५ केजी तौल समुहमा विवेक थापा, ६० केजी तौल समुहमा किशोर कोइराला, ६७ केजी तौल समुहमा रोजन खड्का र ८४ प्लसमा सागर राउतले स्वर्ण पदक जिते । ७५ केजी तौल पुरुष कुमितेमा सल बहादुर गुरुङ र महिला एकलकातामा स्वस्तिका राईले रजत तथा ६० केजी तौल समुह महिला कुमितेमा रोजिना लिम्बु र ६८ प्लस कुमितेमा कृति दुलाले कास्य पदक जितेकी छन् ।
यस्तै, खोटाङकी रोश्मा राई, विद्याकला राई, नन्जु राईले महिला समुहकाता र एकल महिलाकातामा रोश्मा राईले स्वर्ण पदक जितिन् । ४५ केजी तौल समुह महिला कुमितेमा डुनु राई, ६८ केजी तौल समुहमा जस्मिना राई र ६८ प्लसमा मिसडोना राइले स्वर्ण पदक जितिन् । समुह पुरुषकाता सहित ६० केजी तौल समुह पुरुष कुमितेमा सन्तोष राई, ५५ केजी तौल समुह महिला कुमितेमा विद्याकला राईले रजत पदक दिलाएकी थिइन् । पुरुष एकलकातामा मोतिचन्द्र राई, ६७ केजी पुरुष कुमितेमा रुरीहाङ राई, ७५ केजीमा सुजन राई, ८४ प्लस कुमितेमा इश्वरधन राईले कास्य पदक जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्