रातिकाे समयमा विराटनगरमा विकासको काम, मेयरको अनुगमन

रातिकाे  समयमा विराटनगरमा विकासको काम, मेयरको  अनुगमन

विराटनगर, ११ फागुन ।
विराटनगरमा शुरु भएको रात्रीकालिन कामको अनुगमन शुरु गरिएको छ । विराटनगरमा विकासको कामले गति लिन नसकेको आरोप लागिरहेको अबस्थामा राति र दिउँसो दुबै समुहमा काम भईरहेको बिराटनगर महानगरपालिकाले जनाएकोछ ।

बिराटनगरको विकासका कामहरू दु्रतगतिमा सम्पन्न गर्न रात्रीकालिन काम भएको हो । दिसउँसै कमसल सामाग्रीको प्रयोग भएको गुनासा चौतर्फी आईरहँदा रात्रीको समयमा हुने काममा कैफियत हुन सक्ने भनेर महानगरले अनुगमनलाई बढाएको जनाएको छ ।
विराटनगर महानगरका मेयर भीम पराजुली सहितको टोलीले रातीको समयमा समेत अनुगमन गरेको छ । गएराती रातिको समयमा भएको कामको बारेमा अनुगमन गरेको हो । प्राबिधिक सहितको टोलीमा निस्किएका पराजुलीले मेनरोडको तिनपैनी देखि सातघुम्तिसम्मको अनुगमन गरेका थिए ।
महानगरले जिल्ला प्रशासन कार्यालय हुँदै सहिद मैदान तथा अस्पताल चोकसम्मको सडक भने महिला साफ च्याम्पियनसिप हुनु अगावै सम्पन्न गर्ने गरी काम भएको जनाएको छ । ठेकेदार कम्पनीलाई कुनैपनि हालतमा च्याम्पियनसिप हुन भन्दा अगाडि सक्न मेयर पराजुलीले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्