कपिलवस्तुको बाणगंगामा महिलाको हत्या, शब तौलिहवा लगियो

कपिलवस्तुको बाणगंगामा महिलाको हत्या, शब तौलिहवा लगियो

नारद कोहार
कपिलवस्तु, ११ फागुन । कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको गाेली हानी हत्या भएको छ । वाणगंगा नगरपालिका ४ कुवेरापुरकी अनिता पौडेलको हत्या भएको प्रहरीले जनाएको छ ।

आज बिहान हत्या भएको अबस्थामा भेटिएकी पौडेलको हत्याको कारण खुल्न नसकेको र अनुसुन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए । रातीको समयमा आएको दुईजनाको समुहले पौडेलमाथि गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । तर उनको हत्या हुनुको कारण बारे अनुसन्धान भईरहेको छ । हत्या भएकी महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाईएको पुडासैनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्