मोरङको रंगेलीमा दाताले गरिदिन्छन् विहे, गरिबको बिहे धनीको खर्च

मोरङको रंगेलीमा दाताले गरिदिन्छन् विहे, गरिबको बिहे धनीको खर्च

रविन्द्र बराल
रंगेली, ११ फागुन ।
मोरङको रंगेली नगरपालिका ९ दोहमनाको एक घरमा बाजागाजा सहित निक्कै रमाईलो थियो । कोही बेहुलीलाई सिँगार्दै गरेका , कोही बेहुलाको पर्खाईमा थिए । बाहिर बाजागाजा उसैरी बज्दै थियो ।

बेहुलाको पर्खाईमा रहेका बेहुली पक्ष कतिबेला बेहुला आउलान् र बिधि अनुसार बिहेको तयारी गरौला भन्नेमा थिए । बिहेको तयारीमा सबै लागेका थिए । एकैछिनमा बेहुला पक्ष बाजागाजा सहित बेहुली लिन आईपुगे । परम्परा अनुसार बेहुलालाई उनीहरुले जग्गेमा लगे । अनी बाहिर बेहुला जन्तीहरु ब्याण्ड पार्टीमा नाच्न थाले ।
जन्तीहरु ब्याण्ड पार्टीमा ब्यस्त थिए । बेहुला आफ्नो बिधि अनुसार काम विवाहको कर्ममा थिए । बेहुलीका बुबा आएका पाहुनालाई खानपिन गराउँदै थिए । यो कुनै नाटक हैन बिवाहको एएटा वास्तविकता । मोरङको रंगेली नगरपालिका वडा नम्बर ९ को दोहमनाकी मनिका ऋषिदेव र रंगेली ५का छोटु ऋषिदेवको बिवाह हुँदै थियो ।
सानो पराले झुपडीमा भएको विवाह निक्कै रमाईलो थियो । आर्थिक अबस्था कमजोर रहेका बेहुली पक्षका परिवारमा विवाहको लागि कसरी खर्च जुटाउने भन्ने समस्याका बिच विवाह हुँदै थियो । बिहेको केही दिन अगाडि मात्र विवाह खर्च एउटा सामाजिक संस्थाले ब्यहोर्ने भएपछि मोनिकाको परिवारले उनको विवाह गरिदिने मनस्थितीमा पुगेका हुन् ।

यसरी जुट्यो खर्च
२०७१ सालमा स्थापना भएको सबितादेवि अग्रवाल ट्रष्टले बेहुली पक्षको विवाहको खर्च जोहो गरीदिने भएपछि परिवारले यतिको ताम–झामका साथ विवाह गराएका हुन् ।
ट्रष्टले गाउँ घरमा रहेका गरिव तथा अतिविपन्न परिवारलाई सहयोगीको रुपमा काम गर्नै आएको छ । गरिव परिवार भएकै कारण छोरीको विवाह गर्न नसक्ने तथा आर्थिक अभावका कारण समस्या आउन नदिनका लागि सहयोग गर्दै आएको ट्रष्टका अध्यक्ष मदनलाल अग्रवालले बताए ।
र्आिर्थक अबस्था एकदमै कमजोर रहेको परिवारबाट सहयोगको आग्रह गरिएपछि उनीहरुको अबस्था हेरेर सहयोग गर्ने गरिएको उनले बताए । ट्रष्टले मनिकाको विहेको लागि आवश्यक पर्ने बेहुली साडि, चुरा, पाउजु, घडि, दाईजोको रुपमा दिईने दराज र बेहुलाका लागि घडि र लुगाफाटो उपलब्ध गराएको थियो । त्यस्तै आएका जन्तीका लागि बिहेभोजको समेत खर्च ब्यहोरेको थियो । संस्थाका अध्यक्ष अग्रवालले बिहेमा दाईजो बाहेकका आबस्यक सबै खर्च ट्रष्टले ब्यहोरेको बताए ।
मनिकाको बिहेमा सहभागी हुनको लागि रंगेली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र मण्डल सहित ट्रष्टका सदस्य राजेश बर्मा, स्थानीय समाजसेवी कमल राजवंशी , अनिल महेश्वरी, कैलाश साह पुगेका थिए ।
ट्रष्टले आर्थिक अबस्था कमजोर भएका परिवारलाई सहयोग गर्ने कार्यक्रम अनुसार यस अघि पनि रंगेलीकै रामे ऋषिदेव की छोरी सीता ऋषिदेवको समेत विवाह गराईीदएको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने ट्रष्टका अध्यक्ष अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्