धरानमा फागुन १७ गते देखि मौलिक लोक नृत्य प्रतियोगिता हुने

<span class='c1'>धरानमा फागुन १७ गते देखि</span> <span class='c2'>मौलिक लोक नृत्य प्रतियोगिता हुने</span>

धरान, फागुन ११

‘स्वच्छ वातावरण, मौलिक संस्कृति र सालिन आचरणः संवृद्ध सभ्यता र अनुकरणीय आचरण’ भन्ने मुल नाराका साथ धरानमा मौलिक लोक नृत्य प्रतियोगिता हुने भएको छ ।

अन्तराष्ट्रिय हरियाली मञ्च सांस्कृतिक समुहको आयोजनामा धरानमा मौलिक लोक नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । आउँदो फागुन १७ गते उक्त मौलिक लोक नृत्य प्रतियोगिताको आयोजना गरिने अन्तराष्ट्रिय हरियाली मञ्च सांस्कृतिक समुहकी अध्यक्ष कुमारी नाछिरिङ राईले बताइन् ।

 

समुहका अध्यक्ष राईका अनुसार पश्चिमा आयातित सस्कृतिले मौलिक नेपाली संस्कृतिलाई धरासायी बनाएकोले नेपाली सामाजिक मुल्य मान्यतालाई संरक्षण गर्ने हेतूले कार्यक्रम आयोजना गरिएको हो ।

प्रतियोगितामा अन्तराष्ट्रिय हरियाली मञ्चमा संस्थागत रुपमा आबद्ध नेपाल भरीकै कलाकारहरुले सहभागिता जनाउन पाउनेछन ।  त्यसमा पनि झापा, सुनसरी, ताप्लेजुङ र पाचथरका जिल्लाहरुबाट अनिवार्य सहभागिता रहने मञ्चका सदस्य तथा कलाकार मिलन चाम्लिङ राईले बताए ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र चौथो हुनेलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । मञ्चले सोही प्रतियोगिताबाट उठेको रकम बैदेशिक रोजगारीको क्रममा घरेलु हिंसामा परि खुटटा र मेरुदण्ड गुमाएकी भोजपुर जिल्ला गोगने घर भई हाल धरान ११ स्थित आफन्तकोमा आश्रय लिईरहेकी शान्ता राईको उपचारका लागी सहयोग गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्