मोरङ जिल्लाका ३ गाउँपालिकामा किशोरी परियोजना शुरु, ४ हजार किशोरीलाई फाईदा पुग्ने

मोरङ जिल्लाका ३ गाउँपालिकामा किशोरी परियोजना शुरु, ४ हजार किशोरीलाई फाईदा पुग्ने

विराटनगर, ११ फागुन ।
मोरङ जिल्लाको तीनवटा गाउँपालिकामा किशोरी परियोजना शुरु भएको छ । ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका ६ बिद्यालय र ३ वटा हेल्थपोष्टहरुमा यो कार्यक्रम शुरु भएको हो । वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहकार्यमा नारी विकास संघले ति बिद्यालय तथा स्वास्थ्य चौकीमा कार्यक्रम गर्न लागेको हो । परियोजना अन्तरगत ति बिद्यालय तथा हेल्थपोष्टमा शौचालय निर्माण, महिनावारीको समयमा आराम कक्ष, बालिका मैत्री हेल्थपोष्ट बनाउन लागिएको हो । त्यस्तै परियोजनाले किशोर किशोरी मैत्री समुदाय निर्माण गर्ने छ । एक घर एक स्नान घरको रुपमा लैजाने तयारी परियोजनाले गरेको छ । बिशेषगरी भौतिक संरचना निर्माण र बालबालिका तथा अभिभावक लक्षित तालिम र अन्तरक्रिया समेत परियोजनामा समेटिएको छ ।
परियोजनामा परेका बिद्यालयहरुमा ग्रामथानको बेगनलाल आधारभुत बिद्यालय र सरस्वती माबि, बुढीगंगा गाउँपालिकाको सरस्वती र नारायण माबि तथा कटहरी गाउँपालिकाको प्रजातन्त्र माबि र रामजानकी आधारभुत बिद्यालयलाई छनौट गरिएको छ ।त्यस्तै ग्रामथान, कटहरी र बुढीगंगा गाउँपालिकाका हेल्थपोष्टमा पनि यो कार्यक्रम संचालनमा रहने नारीविकास संघकी कार्यक्रम संयोजक सरीता अधिकारीले जानकारी दिईन् ।
२०१९ जनवरी देखि २०१९ डिसेम्बरसम्म करिब ४ हजार किशोर किशोरीसम्म पुगेर कार्यक्रम गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्