विराटनगरमा जारी जुत्ता चप्पल मेला सकियो, ६५ हजार जोर जुत्ताचप्पल विक्री, २ कराेड काराेवार

विराटनगरमा जारी जुत्ता चप्पल मेला सकियो, ६५ हजार जोर जुत्ताचप्पल विक्री, २ कराेड काराेवार

प्रेम देवान ।
विराटनगर, ११ फागुन ।
गत माघ ९ गतेदेखि संचालन भएको जुत्ताचप्पल मेला शनिबारबाट सकिएको छ । करिब एक महिनासम्म जारी मेलामा २ करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।

बालाजी मिडिया हाउसको आयोजना तथा नेपाली जुत्ताघरको संयोजनमा विराटनगरको सात घुम्तीको खाली जमिनमा आयोजना भएको मेलामा करिब ६५ हजार जोर जुत्ता चप्पल विक्री भएको संयोजक होमनाथ उपाध्ययले जानकारी दिए ।
‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको मेलामा विराटनगर बाहिरबाट पनि जुत्ता चप्पल खरिद गर्न उपभोत्ताहरु आएको संयोजक उपाध्ययले जानकारी दिए । मेलामा धरान ईटहरी, दमक, ईलाम र भारतदेखि समेत जुत्ताचप्पल खरिद गर्न उपभोक्ता आएको उपाध्ययले बताए ।
‘यसपटकको मेलामा साँघुरो स्थान भएकाले अलिक व्यावस्थित हुन सकेन, उनले भने, ‘जसरी अघिल्लो बर्ष फराकिलो र खुल्ला रुपमा मेला आयोजना गरेका थियौ, यस पटक अलिक समस्या भयो ।’
समग्रमा सोचे अनुसार कै कारोबार भएको उनले जानकारी दिए । यस पटकको मेलामा जुत्ता चप्पल खरिद गर्ने उपभोक्ताहरुलाई लक्की ड्र मार्फत विभिन्न पुरस्कार तथा मोवाईल प्रदान गरिएको छ। मेलामा छालाका जुत्ता, स्पोर्टस जुत्ता, स्कुल, कलेज, पार्टी सुज, चप्पल, लेडिज चप्पल, हवाई चप्पल लगायतका वस्तु विक्रीमा राखिएका थिए ।
उत्पादक कम्पनीहरुले १५ देखि ६० प्रतिशतसम्म उपभोक्तालाई छुट दिएपछि ग्राहकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । मेलामा विएफ डियरहिल सुज, रोयल सुज, रन सुज, क्रस रोड सुज, म्याजिक, हाइलाइफ, सु ल्याण्ड, कोसेली सुज लगायतका घरेलु कम्पनीका उत्पादन प्रदर्शनीमा राखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्