विराटनगरको शिक्षादिप कलेज प्रदेश नम्बर एक कै अग्रस्थानमा, मनायो १० औं बार्षिक उत्सव (फोटो फिचर सहित) ं

<span class='c1'>विराटनगरको शिक्षादिप कलेज प्रदेश नम्बर एक कै अग्रस्थानमा, मनायो</span> <span class='c2'>१० औं बार्षिक उत्सव (फोटो फिचर सहित) ं</span>

प्रेम देवान
विराटनगर ११ फागुन । विराटनगर शैक्षिक हवको रुपमा मानिदै आएको कुरा कसैमा दुई मत छैन । त्यसैले सबैले भन्ने गरेका छन् विराटनगर शैक्षिक हवको केन्द्र हो भनेर ।
हो त्यही हवको रुपमा चिनिदै आएको विराटनगरमा रहेको शिक्षादीप कलेजले आफ्नो १० वार्षिक उत्सव विविध कार्यक्रमगरी भव्यता साथ मनाएको छ ।

कलेजले शनिबार आफ्नो १० औं वार्षिक उत्सवको कलेज परिसरमा विविध कार्यक्रम गरी वार्षिक उत्सव मनाएको छ । विराटनगर महानगरपालीकाका मेयर भीम पराजुली समेत कलेजका सस्थापक रहेको कलेजले पछिल्लो समय शैक्षिक क्षेत्रमा निकै उन्नती प्रगति गर्दै आएको छ ।
यसैविच कलेजले वार्षिक उत्सवको अवसरमा आफ्ना जेहेन्दार तथा पढाइमा अब्बल विद्यार्थीहरूलाई पुरस्कृत गर्नुका साथै छात्रावृति प्रदान गरेको छ । कलेजमा अध्ययरत विद्यार्थीहरूले विभिन्न क्षेत्रमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
साथै हिसान र कलेजले आन्तरीक रुपमा आयोजना गरेको विभिन्न प्रतियोगितामा विजेता हुने विद्यार्थीहरूलाई सम्मान गरेको थियो । पुरस्कृत र सम्मानित हुने विद्यार्थीहरूलाई विराटनगर महानगरपालिको प्रमुख तथा कलेजका अध्यक्ष समेत रहेका भिम पराजुली र कलेज प्रमुख ज्ञानबहादुर खड्काले वितरण गरेका थिए ।

सोही अवसरमा विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गित समेत प्रस्तुत गरि सहभागी सबैलाई मनोरञ्जन प्रदान गरेका थिए । सोही अवसरमा वर्ष भरी उत्कृष्ट काम गरेको भन्दै कलेजका कर्मचारी प्रेम कुइकेल तथा उत्कृष्ट शिक्षक भोला लुइटेललाई नगदसहित सम्मान गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि साहित्यकार दधिराज सुवेदी, प्रदेश १ का प्रदेश सासद केदार कार्की, विराटनगर महानगरपालीकाका प्रमुख भीम पराजुली,राष्ट्रिय परिक्षा बोर्ड विराटनगरका प्रमुख दिब्यराज चापागाई, उधोग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष बलराम पन्त, कार्यक्रममा प्याब्सन नगर विराटनगरका अध्यक्ष इन्द्र राई, मोरङ प्याब्सनका निवर्तमान अध्यक्ष सुनिल पौडेल, कलेजका को–अर्डिनेटरद्य शंकर भट्टराई र बसन्त बस्नेत, कलेजका मुख्य निर्देशक रमेश मण्डल र निर्देश शैलेन्द्र शिवाकोटी लगायतले कलेजले गरेको उन्नति र प्रगतीको बारेमा शुभकामना मन्त्व्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्