विराटनगरमा नेकपा नेता खनालले भने ” सरकार प्रभावकारी बनाउन मन्त्री मण्डल बिस्तारै हेरफेर ‘

<span class='c1'>विराटनगरमा नेकपा नेता खनालले भने ” सरकार</span> <span class='c2'>प्रभावकारी बनाउन मन्त्री मण्डल बिस्तारै हेरफेर ‘</span>

विराटनगर, ११ फागुन । नेकपाका वरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनालले सरकारले गति लिन नसकेकाे  बताएका छन् । जसरी गति लिनु पर्नाे हाे त्याे अनुसार  प्रभावकारी हुन नकेको बताएका हुन् ।

विराटनगर बिमानस्थलमा शनिवार साँझ पत्रकारसँग कुरा गर्दै सामाजिक संजाल तथा पछिल्ला केही कामहरुबाट सरकारले नागरिकलाई अंकुश लगाएर निरंकुश बन्न खोजेको हो भनी पत्रकारले गरेको प्रश्नमा नेता खनालले देशमा अराजकता हुनु भएन भनेर नियमको परिधिमा ल्याएर मात्र सामाजिक संजाल चलाउने भनिएको हो तर सामाजिक सञ्जाल चलाउँदा अराजकता हुनु नहुने उनले बताए । 'सामाजिक संजाल नियम पुर्बक संचालन गर्नु पर्छ, उनले भने 'ऐन बनाएर निर्देशित नियन्त्रीत गर्नु पर्छ भन्ने हो ।'
यीनै बिषयलाई लिएर कसैले निरंकुश भन्छ भने त्यो गलत भएको उनले बताए । सरकार निशरंकुश भएको हैन तर जसरी सरकार प्रभावकारी हुनु पर्ने हो भएको छैन । सरकार यो भन्दा कयाैँ गुणा प्रभावकारी हुनु पर्ने उनको भनाई छ । उनले सरकारले शान्ति सुरक्षाको ब्यवस्था, अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा यो भन्दा प्रभावकारी बन्नु पर्ने उनको भनाई छ ।

नौ महिनाको अबधिमा फालहाल्नको लागि पार्टी पछि सरेको बताउँदै नेता खनालले अब गति लिने स्पष्ट पारे । ‘अहिलेको सरकार ५ बर्षसम्म अगाडी बढ्नको लागि पछाडी परेको हो, उनले भने, अहिले नै असन्तुष्ट हुनु पर्ने अबस्था छैन ।’
अहिले सरकार भन्दा पनि समग्र पार्टीको कुरा भएकोले ९ महिला पार्टीले बिश्राम लिएको उनले सुनाए । पार्टीको माथिल्लो तह बिश्रामको अबस्थामा बस्यो तलको तह बिघटनको अबस्थामा रहेकोले फालहाल्न पछिसरेकोले अब चाँडै बिश्रामको अबस्था सकिने उनले जानकारी दिए । नेता खनालले अब गति बेजोडले अगाडि बढ्नेमा आफु बिश्वस्त रहेको सुनाए। तर उनले पार्टी एकिकरणको काम ढिला भएको भने स्वीकार गरेका छन् ।
संघीय सरकारले अधिकार नदिँदा काम गर्न नसकेको भन्ने प्रश्नमा खनालले नेपालमा नयाँ प्रणालीबाट कामको थालनी भएकोले कानुन निर्माणमा समय लागेकोले काम नदेखिएको बताए । संघ प्रदेश र स्थानीय तह सबै कानुन निर्माणमा अल्झिएकोले काम नदेखिएको हाे, अब कानुन निर्माणको काम सकिएकोले कामले गति लिने स्पष्ट पारे । अधिकार नदिएको भन्ने कुरा संबिधान अनुसार कसैले रोक्न नसक्ने बताए । उनले प्रधानमन्त्रीले संबिधान भन्दा बढी अधिकार दिन नसक्ने भएकोले संबिधानमा उल्लेख भएको अधिकार पनि खोसियो भने सर्बोच्च जान उनले आग्रह गरे ।
मन्त्री मण्डल बिस्तारै हेरफेर
वरिष्ठ नेता खनालले सरकार हेरफेरको कुनै एजेण्डामा पार्टी भित्र छलफल नभएको बताएका छन् । मन्त्री मण्डल हेरफेरको कुरा केही पत्रिकाहरुको एजेण्डा भएको आरोप लगाए । तर सरकारलाई प्रभावकारी बनाउने बिकल्पको रुपमा हेरफेर भने हुनसक्ने बताए त्यसको लागि तत्काल नै मन्त्रीहरु हेरफेर हुन नसक्ने बताए ।
‘सरकारलाई प्रभावकारी बनाउने बारेमा मन्त्री मण्डल पुनर्गठन पनि हुनससक्छ उनले भने तर अहिले तत्काल हुँदैन यसको लागि समय लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्