आठाैँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रदेश १ बाट भलिबलमा १२ खेलाडी छनाैट

आठाैँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रदेश १ बाट भलिबलमा १२ खेलाडी छनाैट

विराटनगर, १२ फागुन ।   साेलुखुम्बुमा भएकाे प्रदेश नम्बर १ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा ओखलढुंगालाई ३–० को सोझो सेटमा पराजित गर्दै संखुवासभाले उपाधि जितेको हो । शनिबार भएको खेलमा सुनसरीलाई ३-२ ले हराउँदै सोलुखुम्बु तृतीय भएको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा संखुवासभाले सोलुखुम्बुलाई पराजित गरेको थियो भने ओखलढुंगाले सुनसरीलाई पराजित गरेको थियो ।
विजेता खेलाडी समूहलाई प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीको हातबाट मेडल र प्रमाणपत्र प्रदान गरिएको गरिएको छ ।

आठाैँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रदेश स्तरीय महिला भलिबल खेलबाट १२ खेलाडी छनोट भएका छन् । शनिबार सम्पन्न छनोट प्रतियोगिताबाट सखुंवासभाबाट सारदा गजमेर (सखुंवासभा),  समिता गजमेर (सखुंवासभा), तारा श्रेष्ठ(ओखलढुंगा), सावित्रा राई(ओखलढुगा), निशा राई (सोलुखुम्बु), पदमकुमारी रार्ई(सोलुखुम्बु) लावती लिम्बु (सुनसरी), अनुस्का चौधरी (सुनसरी) , अन्जली लिम्बु(मोरङ), सुनिता राई(भोजपुर), तेजकुमारी(झापा) र समिका सार्की(झापा) छनोटमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्