गुडिरहेको मोटरसाइकलबाट खसेर मृत्यु

<span class='c1'>गुडिरहेको मोटरसाइकलबाट</span> <span class='c2'>खसेर मृत्यु</span>

बिर्तामोड,१२ फागुन ।  झापाको कचनकवल गाउँपालिकामा गुडिरहेको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ। भद्रपुर–१ सिँगीबारीस्थित पूर्वपश्चिम भित्री ग्राभेल सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे २ प ९९८३ नम्बरको मोटरसाइकलबाट खस्दा कचनकवल ५ का ४० वर्षीय धनसिंह गणेशको मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार गणेशलाई उपचारका लागि भद्रपुर लाने क्रममा बाटैमा उनको मृत्यु भएको झापाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए। मोटरसाइकलका चालक कचनकवल गाउँपालिका–५ का ५० वर्षीय दिलीप गणेश प्रहरी नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्