कलेजकाे दर्ता खारेजपछि अष्ट्रेलियामा अन्योलमा परेका विद्यार्थीकाे एक्सपर्टले ब्यवस्थापनकाे पहल थाल्याे

कलेजकाे दर्ता खारेजपछि अष्ट्रेलियामा अन्योलमा परेका विद्यार्थीकाे एक्सपर्टले ब्यवस्थापनकाे पहल थाल्याे

विराटनगर, १२ फागुन । अष्ट्रेलियास्थित एआइबीटी कलेजको दर्ता खारेजपछि अन्योलमा परेका एक्सपर्ट एजुकेशनका विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको एक्सपर्ट एजुकेशन भीसा सर्भिसेसले जनाएको छ । विराटनगरमा शाखा कार्यालय सञ्चालन गर्दै आएकाे एक्सपर्टले विद्यार्थीकाे ब्यवस्थापनकाे पहल शुरु गरेकाे जनाएकाे हाे ।

अष्ट्रेलियन स्किल क्वालीटी अथोरीटिको हालैको निर्णयबाट एआइबीटी कलेजको दर्ता खारेज भएको थियो । खारेजीपछि नेपाली विद्यार्थीलाई परेको समस्या समाधान गर्न जिम्मेवारी पूर्वक लागेको एक्सपर्टले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।

खारेज भएको कलेजमा आफ्ना १५ जना विद्यार्थी भर्ना भएकोसमेत एक्सपर्टले स्पष्ट पारेको छ । उक्त कलेजले सञ्चालन गरेको डिप्लोमा अफ नर्सिङ र एड्भान्स डिप्लोमा अफ नर्सिङ प्रोग्राममा नेपालस्थित कार्यालयहरुबाट ८ जना र अन्य विषयहरुमासमेत गरी जम्मा १५ जना विद्यार्थी भर्ना भएको विज्ञप्तीमा उल्लेख छ । विद्यार्थी सबै आफ्नो सम्पर्कमा रहेको र सुरक्षित व्यवस्थापनको लागि काम भइरहेको समेत एक्सपर्टले जनाएको छ ।

कलेज खारेजी भइ अलपत्र परेको गुनासो गर्दै सञ्चारमाध्यममा आएका विद्यार्थीहरुलाई धम्की गएको कुरा बाहिरीएको विषयमा समेत एक्सपर्टले उल्लेख गरेको छ । विद्यार्थीको विषयमा उनीहरुसँग र उनीहरुका परिवारसँग गरेको कुराकानीलाई धम्की भन्दै नियोजित प्रचार गरिएको समेत उल्लेख छ । आफ्ना कुनै पनि शाखा तथा कर्मचारीले कुनै विद्यार्थीलाई धम्की नदिएको जनाउँदै आवश्यक परे अडियो संवादसमेत सुनेर छानविन गर्न आग्रह गरेको छ ।

कलेज खारेज भएसँगै अष्ट्रेलियामा एक हजार बढी विद्यार्थीहरु अलपत्र परेका छन् । सोमध्ये १५ जना मात्र आफ्ना विद्यार्थी रहेको एक्सपर्टले जनाएको छ । त्यसमाथि विवादमा तानिएको नर्सिङसम्बन्धि कोर्षमा ८ जना मात्र रहेको स्पष्ट पारेको छ । कलेज खारेज भएपछि समस्यामा परेका सबै विद्यार्थीहरुको समस्यावाट मुक्तगराउनको लागि अष्ट्रेलिया तथा नेपाल सरकार र विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउने कन्सल्टेन्सीहरु लागिपरेका छन् । खारेजीको विरुद्धमा परेको कलेजले अपिलसमेत गरिसकेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्