घुुस खाने झापाको नापी कार्यालयका कर्मचारीले माफी मागे

घुुस खाने झापाको नापी कार्यालयका कर्मचारीले माफी मागे

झापा फाल्गुन १२ ,

नापी कार्यालय झापा अन्र्तगतको २ नम्बर नापी टोली कार्यालय गरामनीमा भएको घुस लेनदेनका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । कार्यालयका सर्वेक्षक अनिल शाह र अमिन मानबहादुर चौधरीले सेवाग्राहीसँग घुसरकम लिदै गर्दा रंगेहात फेला परेको रिपोर्ट सीधाकुरा जनतासँगमा प्रशारण भएपछि अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले घुस लेनदेन बारे चासो देखाउदै प्रारम्भिक अनुसन्धान सुरु गरेको हो ।

झापा बिर्तामोड-४ का रञ्जितमान राईको बिर्तामोड-९ स्थित कित्ता नम्बर १५२६ र १४६८ को जग्गा कित्ता एकीकृत गर्न किर्ताकाट् नखुलेकाले तत्काल गर्न नमिल्ने तर चार हजार आफूहरुलाई दिएपछि सबै मिलाईदिने भनेर नापी सर्वेक्षक शाहले रकम माग गरेका थिए ।

त्यसपश्चात् अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले घुस लिने कर्मचारी अमिन चौधरी, सर्वेक्षक शाहबारे लिखित जवाफ माग गर्दै अनुसन्धान थालेको हो । घुस लेनदेनको विषयमा प्रमाणका आधारमा प्रतिवेदन तयार पार्न अख्तियारले सेवाग्राही राईसँग सोधपुछ गरिसकेको छ भने कार्यालय प्रमुख सुखमान केदेमलाई समेत पत्राचार गरी घटनाबारे लिखित जानकारी पत्र माग गर्ने तयारी गरेको छ ।

यसैबीच घुस लेनदेन हामीले सार्वजनिक गरेपनि २ नम्बर नापी टोली कार्यालय गरामनीका कार्यालय प्रमुख सुखमान केदेमले हाम्रो लाइभ कार्यक्रममा अस्वभाविक ढंगबाट गैह्रजिम्मेवारीपूर्ण जवाफ दिएका कार्यालय प्रमुख केदेमलाई सप्रमाण भिडियो र पैसाको प्रिन्ट देखाएपछि आफ्नो र आफ्ना कर्मचारीले गल्ती गरेको र यस विषयमा छानबिन हुने बताएका छन् ।

यतिमात्र होइन घुस बापत लिएको चार हजार रुपैयाँ समेत अमिन चौधरी र सर्वेक्षक शाहले गल्ती स्वीकार गर्दै सेवाग्राही राईलाई रकम फिर्ता गरेका छन् ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्