सुनसरी, १२ फागुन। तातो दुधमा परेर घाइते ११ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । सुनसरी ईटहरी उप-महानगरपालिका-१६ मा बस्ने ललन ऋषीदेवको ११ महिने छोरी अनु ऋषिदेव खेल्ने क्रममा चुल्होमा तताई रहेको दुधमा परेर फाल्गुन ४ गते घाइते भएकी थिइन । दुधले पोलेर घाइते भएकी वालिकाको झुम्का मेडिकलमा उपचार भईरहेकोमा थप उपचारको लागि शनिवार धरान पठाईएकोमा उपचारको क्रममा वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती साढे मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।