अष्ट्रेलियामा नेपाली विद्यार्थी मर्कामा , कन्सल्टेन्सीले भन्यो “हामी बिद्यार्थीको साथमा छौ , समाधान निकाल्छौ”

<span class='c1'>अष्ट्रेलियामा नेपाली विद्यार्थी मर्कामा , कन्सल्टेन्सीले भन्यो</span> <span class='c2'>“हामी बिद्यार्थीको साथमा छौ , समाधान निकाल्छौ”</span>

बिराटनगर फाल्गुन १२,

अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेश एण्ड टेक्नोलोजी (एआईबीटी) मा अध्ययनरत सयौं नेपाली विद्यार्थी मर्कामा परेको अवस्थामा नेपालबाट कन्सल्टेन्सी मार्फत गएका बिद्यार्थीहरुलाई सहयोग गर्न सम्पूर्ण कन्सल्टेन्सी लागि परेको बताएका छन् ।

डल्फिन , अल्फाबिटा , एक्स्पेर्ट , काठमान्डौ इन्फोसिस लगायतले बिज्ञप्ति जारी गरेर मर्कामा परेका बिद्यार्थीहरुलाई सहयोग गर्दै आएको बताएका छन् ।

यही फेब्रुअरी १९ देखि सिडनी र ब्रीस्बेनमा अध्ययनरत करिब १२ सय नेपाली विद्यार्थीलाई यो समस्या उत्पन्न भएको हो ।

यसैबीच नेपालस्थित अष्ट्रेलियन दूतावासलेपनि सयौंको संख्यामा नेपाली समेतका विद्यार्थीहरु अप्ठेरोमा परेको कुरामा जानकार रहेको जनाएको छ । दूतावासका अनुसार नेपाली विद्यार्थी पढेको एआईबीटी कम्पनीका निर्देशक फियोना कीले आफूहरु कानुनी उपचारको लागि सम्बद्ध कानुनी टोलीसँग परामर्श गरिरहेको जानकारी दिएकी छन् ।

अष्ट्रेलियन दूतावासले पनि विद्यार्थीहरुलाई पढाई जारी राख्न भनेको छ । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्स (डीएचए) ले २८ दिनसम्मको ग्रेस पिरियड दिने र अन्य कलेजमा ट्रान्सफर गर्न तथा भिसाको आवश्यक व्यवस्थाका लागि ३ महिनासम्मको समय दिने समेत बताएको छ ।

नेपालमा रहेको अष्ट्रेलियन दूतावासले कन्सल्टेन्सीहरुलाई सही सूचना मात्र दिन आग्रह गर्दै पढ्न जान चाहने विद्यार्थीलाई पनि सकेसम्म बढी सूचना लिएर मात्र जान सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्