भाषाशास्त्री पोखरेलको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, बिराटनगरमा मंगलबार सार्वजनिक बिदा

<span class='c1'>भाषाशास्त्री पोखरेलको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि,</span> <span class='c2'>बिराटनगरमा मंगलबार सार्वजनिक बिदा</span>

बिराटनगर फाल्गुन १२ ।

भाषाशास्त्री बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा आज मृत्यु भएको छ ।

उनको बिराटनगरस्थित परोपकार घाटमा राष्ट्रिय सम्मानका साथ झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ  ।
नेपाली भाषाक्षेत्रमा महत्वपूर्ण योगदान गरेका पोखरेललाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले राष्ट्रिय झण्डा ओढाएका थिए ।

शनिबार मध्यरातमा अस्वस्थ भएपछि नोबेल मेडिकल कलेज लैजाने क्रममा उनको निधन भएको हो । गत माघ ६ गतेदेखि मस्तिष्काघातबाट पीडित भएका पोखरेल काठमाडौं र बिराटनगरका अस्पतालमा उपचार गर्दा सुधार भएपछि बिराटनगरस्थित निवास आराम गरिरहेका थिए ।

भाषाशास्त्री पोखरेलेको मृत्यु शोकमा बिराटनगर महानगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।मंगलबार महानगरमा सार्वजनिक विदा दिने मेयर भीम पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्