प्रदेश नम्बर १, प्रदेशसभामा प्रदेश सहकारी विधेयक माथि सैद्धान्तिक छलफल शुरु

<span class='c1'>प्रदेश नम्बर १, प्रदेशसभामा प्रदेश सहकारी</span> <span class='c2'>विधेयक माथि  सैद्धान्तिक छलफल शुरु</span>

विराटनगर,  १२ फागुन। प्रदेशसभा १ को आजको बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफलमा सहभागी सदस्यहरुले सरकारको तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड  दिए ।

उहाँहरुले सहकारी ऐनले उद्योग, पर्यटन, कृषि क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्ने, शेयरधनीको लगानी र बचतको सुनिश्चित हुनुपर्ने तथा सहकारी ऐन ‘एकसँग सबै, सबैसँग एक’ भावनामा आधारित भएमा मात्र राज्य लाभान्वित हुने धारणा राखे । छलफलमा प्रदेशसभा सदस्यहरु अर्जुन राई, सञ्जाकुमारी दनुवार, सर्वध्वज साम्वा र सूर्यमाराज राईले भाग लिएका थिए।

शून्य समय

प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्य ज्योति सुब्बाले सुनसरीको रामधुनी झुम्कामा स्वच्छ खानेपानीको प्रबन्ध गर्नुपर्ने बताउनुभयो । अर्का सदस्य नीरन राईले प्रदेशको राजधानी धनकुटा हुनुपर्ने सुझाव दिनुभयो भने मोहम्मद ताहिर मियाँले मुसलमानका लागि सरकारले निर्धारण गरेको आरक्षणमा वृद्धि गर्नुपर्ने माग गरे ।

सदस्य रामकुमार राईले खोटाङमा सुख्खा पहिरोका कारण बरहादोखली क्षेत्रका ११ घर विस्थापित ११ घर जोखिममा र सकिलामा एक घर विस्थापित तीन घर जोखिममा परेकाले प्रदेश सरकारले विस्थापितलाई राहत र जोखिममा परेकालाई उचित बासको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । । प्रदेशसभाको अर्को बैठक फागुन १६ गते अपरान्ह २ बजे बस्नेछ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्