माेदीकाे लामखुट्टे नियन्त्रण अभियान, बिराटनगरवाट ३० वटा मेसिन वितरण

माेदीकाे लामखुट्टे नियन्त्रण अभियान, बिराटनगरवाट  ३० वटा  मेसिन वितरण

शिवम मिश्र (प्रशान्त)  
विराटनगर, १२ फाल्गुन ।
संघीय सांसद अमनलाल मोदीले आफ्नो निर्र्वाचन क्षेत्र सहित बुढीगंगामा लामखुट्टे नियन्त्रण उपकरण हस्तान्तरण गरेका छन् । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा मेसिन बितरण गरेका हुन् ।

दक्षिण कोरियाको क्रुपी फाउन्डेसनले उपकरण सहयोग गरेको हो । क्रुपी फाउन्डेसनले जम्मा ३० वटा उपकरण सहयोग गरेको प्रतिनिधि सभा मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीले जानकारी दिए । उनले यो उपकरणले मच्छर नियन्त्रण गर्न सहयोग गर्ने उनले बताए ।
उपकरण हस्तान्तण समारोहमा बोल्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशमा भएको यो काम एउटा महत्वपुर्ण र नभई नहुने अभियान अन्तरगत भएको बताए । उनले समस्याको रुपमा रहेको लामखुट्टे अभियानलाई बिदेशी दातृ निकायबाट भएको सहयोगको समेत खुलेर प्रशंसा गरे ।
लामखुट्टे नियन्त्रण मेसिन बितरण कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली लगायतले यो नियन्त्रण अभियान निक्कै राम्रो काम भएको बताए । उनले यो एकदमै राम्रो कार्य भएको र दक्षिण कोरियाले सहयोग सामाजिक उत्तर दायित्व अन्तरगत भएकोमा खुसी ब्यक्त गरे ।
दक्षिण कोरियाका क्रुपी फाउन्डेसनका प्रतिनिधि मिस्टर ल्याङले नेपाललाई सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।
क्रुपी फाउण्डेशनले ति उपकरणहरु बिराटनगरका वडा नं. १,२,३,८, १० र १९ लाई प्रदान गरिएको छ । त्यस्तै बेलबारी नगरपालिकको वडा नं. ५, ६ र ७ ग्रामथान गाउँपालिकाका सबै वडा, बुढीगंगा १ देखि ४ सम्मलाई २ थान, डंग्राहा, सिसवनीलाई २ थान बितररण गरिको छ । बिराटनगरको कोशी अञ्चल अस्पताल, हातिमुड्डाको मनमोहन पोलिटेक्निकलाई पनि एक एक थान बितरण गरिएको छ । त्यस्तै कटहरी गाउँपालिकाका केही वडालाई समेत सो उपकरण बितरण गरिएको हो । मुख्यमन्त्रीले यसरी हस्तान्तरण गरिएको उपकरणको सही सदुपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा मुख्यमन्त्री शेरधन राइ, समाजिक विकाश मन्त्री जीवन घिमिरे, बिराटनगरका प्रमुख भिम पराजुली , पुर्व मन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नम्बर ५ का सांसद शिव कुमार मण्डल,प्रदेश सभा सांसद सावित्रा रेग्मी, कुलप्रसाद साम्पा, राष्ट्रिय सभा सदस्य खेम नेपाली, कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल लगायतको उपस्थितीमा उक्त उपकरण हस्तान्तरण भएको हो ।
नेकपाका नेता गणेश उप्रेतीले मच्छरबाट धेरैले समस्या झेल्दै आएकोले यो अभियान पछि समस्या समाधान हुने आशा ब्यक्त गरे । कार्यक्रममा मोरङ क्षेत्र नम्बर ४ का सर्बसाधारणसँगै स्थानीय जनप्रतिनिधिहरुको समेत उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्