आमाको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु

<span class='c1'>आमाको कुटपीटबाट चार</span> <span class='c2'>वर्षीया छोरीको मृत्यु</span>

ताप्लेजुङ, १३ फागुन ।  भनिन्छ- आमा मायाको प्रतिमूर्ति। तर ताप्लेजुङमा भने ९ महिनासम्म कोखमा राखेर जन्माएको सन्तानका लागि आफ्नै आमा काल बनेकी छन्।

मिक्वाखोला गाउँपालिका–४ साँवा घर भई फुङलङ बजारको रिजाललाइनमा बस्दै आएकी ३२ वर्षीया पूजा चेम्जोङ लिम्बुको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु भएको छ। गत शुक्रबार बिहान चेम्जोङले चार वर्षीया छोरीलाई कुटपिट गरी सख्त घाइते बनाएकी थिइन्।

बालिकालाई जिल्ला अस्पताल ताप्लेजुङले इलाम जिल्ला अस्पताल रेफर गरेकोमा उपचारको क्रममा शुक्रबार राति नै मृत्यु भएको हो। प्रत्यक्षदर्शीका अनुसार पूजाले छोरीलाई कुटपिट गरेर ढुंगामा पछारेकी थिइन्। लगत्तै उनको मुखबाट रगत निस्किएको थियो। प्रहरीले पूजालाई पक्राउ गरेको छ। जिल्ला अदालतबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा कारबाही बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी सञ्जयसिंह थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्