विश्वकप छनोट : आज नेपाल र चीन भिड्दै

<span class='c1'>विश्वकप छनोट : आज</span> <span class='c2'>नेपाल र चीन भिड्दै</span>

काठमाडाै, १३ फागुन । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटको आफ्नौ पाँचौँ खेलमा नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ।

सोमबार अपराह्न १२:४५ मिनेटमा सुरु हुने खेलमा नेपालले आफ्नो अपराजित यात्रालाई कायमै राख्न चाहन्छ। चार खेलमा तीन खेल जितेको नेपालको ६ अंक रहेको छ। नेपाली महिला क्रिकेट टोली अंक तालिकाको चौथो स्थानमा रहेको छ। चीन भने पाँच खेल खेल्दै समान ६ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। चीनलाई पराजित गरे नेपालले विश्वकप खेल्ने आफ्नो सपनालाई जिवितै राख्नेछ।

नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग ५७ रनले पराजित भएको थियो। त्सपछिका दुई खेलमा लगातार जित निकाल्दै नेपालले आफूलाई बलियो दाबेदारको रूपमा प्रस्तुत गरिरहेको छ। तेस्रो खेलमा हङकङलाई सात विकेटले हराएको नेपालले आइतबार भएको खेलमा हङकङलाई चार विकेटले हराएको थियो। नेपालले फेब्रुअरी २७ मा कुबेतसँग अन्तिम खेल खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्