श्रीमतीलाई खुकुरी र चक्कु प्रहार गर्ने श्रीमान पक्राउ

<span class='c1'>श्रीमतीलाई खुकुरी र चक्कु</span> <span class='c2'>प्रहार गर्ने श्रीमान पक्राउ</span>

संखुवासभा,१३ फागुन ।  संखुवासभाको खाँदवारी नगरपालिका-३ मा  आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलुका साढे ७ बजे  मादक पदार्थ सेवन गरी घरायसी बिवाद हुँदा  डेरा गरी बस्ने बर्ष ३८ को ध्रुब बि.क. ले आँफ्नै श्रीमती बर्ष ३२ को अन्जना बि.क. लाई धारिलो हतियार खुकुरी र चक्कु प्रहार गरेका थिए । हतियार प्रहारबाट शरिरको बिभिन्न भागमा चोट लागेर घाइते भएकी बि.क.लाई उपचारको लागि जिल्ला अस्पतला खाँदवारी पठाईएको छ । हतियार प्रहार गर्ने ध्रुव बि.क. लाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्