सुनसरी, १३ फागुन । सुनसरीको ईटहरीबाट प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
ईटहरी उप-महानगरपालिका-४ श्री कृष्ण पेट्रोल पम्पमा स ७ प २७०० नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार बर्जु गाउँपालिका-३ बस्ने बर्ष १९ को बिक्रम कुमार रायलाई पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले लागूऔषध लुपिजेसिक-५० एम्पुल, एभिल-५० एम्पुल र डाईजेल्याव-५० एम्पुल बरामद गरेको छ । मोटरसाईकल र चालक तत्काल फरार भएका थिए । फरार मोटरसाईकल र चालकलाई खोजतलास गर्ने क्रममा साेही गाउँपालिका बस्ने बर्ष ३२ को हेमन्त रायलाई ईटहरी चौकबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।