कृषि समाचार : इलाममा सुन्तलाका बगान उजाड बन्नुका साथै उत्पादनमा समेत कमी

<span class='c1'>कृषि समाचार : इलाममा सुन्तलाका बगान</span> <span class='c2'>उजाड बन्नुका साथै उत्पादनमा समेत कमी</span>

प्रकाश नेपाल

इलाम, फागुन १३ । इलाममा सुन्तलाका बगान उजाड बन्नुका साथै  उत्पादनमा समेत कमी आएको छ । विभिन्न रोग तथा किराको संक्रमणले सुन्तलाका बोट मर्न थालेपछि सुन्तलाको उत्पादन घट्न थालेको हो ।

उत्पादन घट्दै जाँदा चिन्तित भएका किसानहरु यसको खेतीबाट पलायन हुन थालेका छन् । सुन्तलाको पकेट क्षेत्र भनेरै चिनिएका सुम्बेक, सोयाक, गोदकजस्ता स्थानमा बोट देख्नसमेत मुस्किल छ । त्यस्तै नामसालिङ, जिर्मले, बरबोटे र महभीरमा पनि सुन्तला बगान मासिने क्रममा छन् । विभिन्न किरा र रोगको संक्रमणले सुन्तलाका बोट मर्न थालेको किसानहरु बताउँछन् ।

बोटहरु भटाभट मर्न थालेपछि अनुसन्धान गर्दा सिटरस भाइरसको संक्रमण भएको पत्ता लाग्यो तर त्यसको निराकरणका लागि थप पहल भने हुन सकेन । रोग र किराबाट आजित कतिपय किसानहरुले सुन्तला खेती मासेर अन्य बाली लगाउन थालेका छन् ।

सुन्तला जात फलफूल सम्बन्धी कार्यक्रम न्युन हुँदा उचित सहयोग नपाएको उनीहरुको गुनासो छ । जिल्ला कृषि कार्यालय खारेजीमा परेर जिल्लामा ज्ञान केन्द्र स्थापना भए पनि समस्या धेरै भएकाले कार्यक्रम प्रभावकारी बन्न नसकेको कृषि ज्ञान केन्द्र इलामका प्रमुख रामसोगारथ शाहको भनाइ छ ।

सुन्तलाको उत्पादन वर्षेनी निराजनक रुपमा घटेकाले यसमा सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्