विराटनगर फाल्गुन १३,
विराटनगरमा भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनमा विराटनगर महानगरपालिकाले मंगलबार सार्वजनिक विदा गर्ने भएको छ ।
भाषाशास्त्री पोखरेलको निधनले राष्ट्रलाई नै क्षति पुगेको हुनाले उहाँको सम्मानमा सार्वजनिक विदा गर्न लागिएको मेयर पराजुलीले बताए ।
वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगर १ मा रहेको परोपकार घाटमा आइतबार अन्त्यष्टि गरिएको थियो ।