मोरङ जिल्लामै हुन्छ अफिम खेती, ३ हजार ३४ बोट अफिम सहित २ जना फक्राउ

मोरङ जिल्लामै हुन्छ अफिम खेती, ३ हजार ३४ बोट अफिम सहित २ जना फक्राउ

विराटनगर, १३ फागुन ।
मोरङ जिल्लामा पनि अफिम खोती हुने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पथरी शनिस्चरे नगरपालिका र सुनवर्सी नगरपालिकामा अबैध अफिम खेती नष्ट गरेपछि अफिमको खेती हुने गरेको पाईएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले १ कठ्ठा १४ धुरमा लगाएको ३ हजार ३४ बोट अवैध लागुऔषध अफिम खेती नष्ट गरेको छ भने केही ब्यक्तिलाई पक्राउ समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार पथरी शनिश्चरे नगरपालिका वडा नं ५ बस्ने चमरू भन्ने वर्ष ५० को चन्द्र प्रसाद गन्गाईको जमिनबाट १ हजार ४ सय ४७ बोट सहित उनलाई पक्राउ गरेको हो । त्यस्तै सुनवर्षी नगरपालिका २ बस्ने बर्ष ५२ का बज्रु गन्गाईलाई २ सय ५७ बोट अफिम खेति गरीरहेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए । त्यस्तै सुनवर्सी २ बस्ने ६८ वर्षका सुवनलाल गन्गाईको छोरा ३५ को बासुदेव गन्गाईको जग्गामा लगाएको १ हजार ३ सय ३० बोट अफिम समेत नष्ट गरिएको श्रेष्ठले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय पथरी तथा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले अफिम खेती गरेको क्षेत्रमा पुगेर उनीहरुलाई पक्राउ गर्नुका साथै अफिम नष्ट गरेको हो । पक्राउ परेका चन्द्र प्रसाद गन्गाईलाई ईप्रका पथरी र बज्रु गन्गाईलाई ईप्रका रंगेलीले लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अफिम खेती अन्तर्गत कार्वाहीको लागि नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्