झोराहाटको रेमिट सहकारी र नोबेलबीच स्वास्थ्य सम्झौता

झोराहाटको रेमिट सहकारी र नोबेलबीच स्वास्थ्य सम्झौता

झोराहाट, १३ फागुन । ग्रामथान गाउँपालिका झोराहाटमा अवस्थित रेमटि वचता तथा ऋण सहकारी संस्था र नोबेल मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुट सम्बन्धमा सम्झौता भएको छ ।

सहकारीका सदस्यलाई अस्पतालमा उपचाका क्रममा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो । नोबेलकी प्रबन्ध निर्देशक इन्दीरा शर्मा बराल र रेमिटकी अध्यक्ष उमा घिमिरेले सम्झौता पत्रमा हस्तान्तरण गरेका छन् ।
सहकारीका सदस्य उपचार गर्न जाँदा अस्पतालले विभिन्न सेवामा छुट दिने पत्रमा उल्लेख छ । अध्यक्ष घिमिरेले भनिन्,‘‘ग्रामीण भेगको सहकारीलाई दिइएको सुविधाबाट स्थानीय लाभान्वित हुनेछन् ।’’ ग्रामथान गाउँपालिकाभरि रेमिटका एक हजार सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्