विराटनगरको डिएभी स्कुलले मनायो अभिभावक दिवस, हजुबुबा-हजुरआमा सहभागी

विराटनगरको डिएभी स्कुलले मनायो अभिभावक दिवस, हजुबुबा-हजुरआमा सहभागी

विराटनगर, १३ फागुन ।
बिराटनगरमा रहेको डिएभी स्कुलले अभिभावक दिवस मनाएको छ । बिद्यालयको प्राङ्गणमा एक भब्य कार्यक्रम गरि दिवस मनाएको हो । कार्यक्रममा बोल्दै बिद्यालयका अध्यक्ष सुरेश शर्माले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई बाहिरी ज्ञान र सिप सिकाईएको जानकारी दिए । उनले बिद्यार्थीलाई अन्तरास्ट्रिय स्तरमा भिड्न सक्ने गरि तयार गर्दै आएको ठोकुवा गरे ।
विद्यालयका प्रध्यानाध्यापक रमेश मिश्रले बिद्यार्थी देशको कर्णधार भएकोले अहिले देखिनै विद्यार्थीलाई जिम्मेवार नागरिक बनाउन सिकाएको दाबी गरे । उनले बिद्यार्थी सबै कलामा भरिपूर्ण रहेको भन्दै खुशी व्यक्त गरे ।
कार्यक्रममा बिद्यालयका कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुले प्रतिभा देखाएका थिए । कार्यक्रममा विद्यार्थीका हजुरबुवा र हजुरआमाको उपस्तिथि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्