विराटनगरमा विकासका हरेक काममा लापरवाही, बिमानस्थल सडकमा कच्चा काम (भिडियाे)

विराटनगरमा विकासका हरेक काममा लापरवाही, बिमानस्थल सडकमा कच्चा काम (भिडियाे)

विराटनगर, १३ फागुन । विराटनगरमा जारी विकास निर्माणको काममा हरेक ठाउँमा लापरवाहीपुर्ण भेटिएको छ । आवर विराटनगरले हरेक विकास निर्माणको बिभिन्न ठाउँमा पुगेर स्थलगत रिपोर्ट तयार पार्दै आएको छ ।

एडिवी परियोजना अनुसार सडक, नाला तथा ढल निर्माणको काम भईरहेको छ । यी सबै काममा केही न केही कैफियत हुने गरेको पाईएको हो । यस बारेमा खबरदारी गर्दा पनि निर्माण कम्पनी तथा ठेक्का लिने ठेकेदारको लापारवाही भने बारम्बार भईरहेको छ । केही समय अगाडि कोशी अञ्चल अस्पतालदेखि शहिद रङशाला जाने सडकमा म जलमग्न पानी माथी नाला निर्माण गरिएको भिडियो सार्बजनिक भएको दुई दिन नबित्दै अर्को ठाउँमा लापरवाही पुर्ण काम भएको पाईएको छ । विराटनगरको बिमानस्थल सडकखण्डमा सडकको पेटीमा हालिने ब्लकमा काँचै ल्याएर जडान गरेको फेला परेको छ। विराटनगर ४ विमानस्थल सडकखण्डको विमानस्थल मोडका सडक पेटिमा राखिदै आएका ब्लक कमजोर, भर्खरै बनाएर आलै मिलाउँदै गरेको भेटिएको हो ।

हेर्नुस् भिडियो

https://www.facebook.com/ourbrt/videos/388639938587513/?eid=ARBqsuwXHhrT-35mi1gisw3qJOK7Cu1NpQuBMHU1-H7zDqFyIN2LYRe_CgoIZdLs_fOJY3Bw9uXzSUY6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्