बागलुङे युवकले फेसबुकबाटै भेटिएकी पाकिस्तानी युवतीसँग गरे बिहे

<span class='c1'>बागलुङे युवकले फेसबुकबाटै भेटिएकी</span> <span class='c2'>पाकिस्तानी युवतीसँग गरे बिहे</span>

बागलुङ, १४ फागुन ।  सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाकाे पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएकाे छ ।

बागलुङ नगरपालिका– १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत मा आइतबार  विवाह दर्ता गर्नुभयाे ।

पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह गर्नुभएको हो ।

दुई वर्ष अघि देखि चिनजान भएपछि उहाँले नेपाली भाषा सिक्न थाल्नुभएको थियो । नेपालको ग्रामीण बासिन्दा झैँ बोल्न र लेख्नसक्ने भएपछि उहाँले विवाहका लागि तयारी गर्नुभएको थियोे । विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत जानुभएको थियो ।

केटीका तर्फबाट भने अभिभावक नभए पनि उहाँले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफारिस लिएर आउनुभएको थियो । सफिकले पाकिस्तानी बाबुआमासँग पनि सहमति लिएको बताउनुभयो ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार याे विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताउनुभयो ।

‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पुर्‍याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भन्नुभयो, “फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।”

कानुनी रुपमा बलियो बनेर उनीहरुले गरेकाे औपचारिक विवाहमा सम्लग्न न्यायाधीश पण्डितले बताउनुभयो । मुस्लिम बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताकोे उहाँले प्रशंसा गर्नुभयो । पाकिस्तान वा अन्य मुस्मिल देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्