विराटनगर १४ फागुन । विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना हुने ‘विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५’ आजदेखि शुरु हुँदैछ । महाेत्सवमा स्वदेशी तथा विदेशी रंगकर्मीहरूको जमघट हुने छ । दिउँसाे २ : १५ बजे देखि शुरु हुने महाेत्सवमा देश तथा बिदेशकाे नाटक हेर्न सकिने छ ।
नेपाली नाटकलाई अन्तर्राष्ट्रियकरण गर्न महोत्सव महत्त्वपूर्ण हुने आरोहणले जनाएको छ । महोत्सवमा इटाली, श्रीलंका, अफगानिस्तान, भारत, बंगलादेशका रंगकर्मीले १/१ वटा नाटक मञ्चन गर्नेछन् । यसैगरी प्रदेश १ का विभिन्न संस्थाका रंगकर्मीले पनि नाटक प्रदर्शन गर्नेछन् ।