विराटनगर महानगरपालिकामा आज शोक विदा, सामुदायिक- निजी र वडा कार्यालय बन्द रहने

विराटनगर महानगरपालिकामा आज शोक विदा, सामुदायिक- निजी र वडा कार्यालय बन्द रहने

विराटनगर, १४ फागुन ।
भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधनमा विराटनगर महानगरपालिकाले शोक बिदा दिएको छ। आईतवार निधन भएका पोखरेलको सम्मानमा बिराटगर महानगरपालिकाको सोमबारको बोर्ड बैठकले महानगरपालिका भित्र सार्बजनिक बिदा दिएको हो ।

विराटनगर महानगरपालिकाको कार्यपालिकाको बोर्ड बैठक पछि सुचना प्रकाशित गर्दै भाषाशास्त्री पोखरेलले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा पु¥याउनु भएको अमुल्य योगदान र उहाँ प्रति सम्मानका लागि शोक विदा दिने निर्णय गरेको उल्लेख गरेको हो । बिराटनगर महानरपालिका भित्रका १९ वटै वडा कार्यालयहरु, महानगरपालिका भित्रका सामुदायिक बिद्यालय, संस्थागत बिद्यालयहरुले शोक विदा दिने सुचनामा उल्लेख गरिएको छ ।
भाषाशास्त्री पोखरेलको निधनले राष्ट्रलाई नै क्षति पुगेको हुनाले उहाँको सम्मानमा सार्वजनिक विदा दिईएको मेयर भिम पराजुलीले बताउनु भयो । वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगर १ मा रहेको परोपकार घाटमा आइतबार अन्त्यष्टि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्