विराटनगरमा युवा प्रेरणा र मनोविज्ञान शिविर हुने, अभिनेतृ माल्विका सुब्बा आउने

विराटनगरमा युवा प्रेरणा र मनोविज्ञान शिविर हुने, अभिनेतृ माल्विका सुब्बा आउने

विराटनगर, १४ फागुन । विराटनगरमा युवा प्रेरणा र मनोविज्ञान शिविर आयोजना हुने भएको छ।
युवा जागरण नेपाल तथा नमस्ते धरानको संयुक्त आयोजना हुन लागेको मनोवैज्ञानिक तथा उत्पेरणात्मक शिविर विराटनगरमा हुन लागेको हो ।

आगामी चैत १ गते विराटनगर हाटखोलामा रहेको आरोहण गुरुकुल शुशिला कोईराला नाटक घरमा सेमिनार हुने आयोजकले जनाएकोछ ।
शिविरमा सहभागि हुन पुर्व मिस नेपाल तथा अभिनेतृ माल्विका सुब्बा पनि विराटनगर आउने छिन् । उनी मुख्य वक्ताको रुपमा प्रस्तुत हुदै छिन्।
साथै यस कार्यक्रम्मा नेपालका वरिष्ठ मनोरोग बिशेषज्ञ वासु आचार्य पनि प्रमुख वक्ताको रुपमा आउने आयोजकले जनाएको छ।
सेमिनारमा मानशिक अबस्था , सोच्ने तरिका , कसरी आफूलाई खुशी राख्ने , आत्मबल कसरी बढाउने , सकारत्मक सोचलाई कसरी व्यावस्थित दैनिक जिवनमा अगाडि बढाउने जस्ता विविध विषयमा युवाहरुलाई जानकारी गराईने युवा जागरण नेपालका अध्यक्ष सविन घिमिरेले आवर विराटनगरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्