ताप्लेजुङका पुर्णकुमारले बनाए सिसी क्यामेरालाई माथ खुवाउने प्रविधि

<span class='c1'>ताप्लेजुङका पुर्णकुमारले बनाए सिसी</span> <span class='c2'>क्यामेरालाई माथ खुवाउने प्रविधि</span>

ताप्लेजुङ फाल्गुन १४ ।

ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् ।
मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वा लिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्यमबाट एकै साथ फोटो र भिडियो लिनाका साथै मोबाइलमा फोन जानेसम्मको काम गर्छ ।
घरको ढोका या कुनै प्रवेशद्वारमा जडान गरेर राख्न सकिने यो प्रविधिले कोही मानिस ढोकाबाट भित्र प्रवेश गर्ना साथै फोटो र भिडियो कैद गर्न शुरु गर्छ भने मोबाइलमा फोन समेत डायल हुन्छ । जुन नम्बर सेटिङ गरेर राखिएको हुन्छ, त्यही नम्बरमा फोन डायल हुन्छ । जब ढोकाबाट बाहिर निस्किएपछि उक्त प्रविधि निष्क्रिय हुन्छ ।


मोबाइल सेट, मोबाइलकै क्यामेरा, रेडियोलगायतका पार्टस जडान गरेर सेन्सरसहितको उक्त प्रविधि तयार गर्न झण्डै एक महीना समय लागेको लम्वाले बताए । यसअघि उनले अटो पावर अन अफ नामक प्रविधि तयार गरेका थिए । विद्युतको टर्वाइन स्वतः खुल्ने र बन्द हुने कार्य गथ्र्यो । लाइटिङ कन्ट्रोल मेशिन तयार गरेर एक महीनासम्म स्थानीय जलविद्युत् आयोजनामा जडान गरी प्रयोगमा ल्याइएको थियो । यस प्रविधि चट्याङबाट हुने क्षतिलाई रोक्ने कार्य गथ्र्यो । चट्याङ पर्नुअघि नै विद्युत् जेनेरेटरलाई बन्द गर्ने क्षमताको उक्त प्रविधि बनाउन पनि एक महीना समय लागेको लम्वाले बताए ।
पारिवारिक अवस्था कमजोर लगायतका कारण कक्षा ८ सम्म मात्रै अध्ययन गर्न पाएका उनले सानैदेखि रेडियो, घडीलगायत इलेक्टोनिक सामग्रीको मर्मत गर्ने कार्य गर्थे । “सानै उमेरदेखि रेडियो घडीको मर्मत गर्ने कार्य गर्दै आइयो, रेडियोमा भएका विभिन्न पार्टसले के के काम गर्छ भन्ने अध्ययन गर्दै गएपछि तिनै पार्टसबाट नयाँ नयाँ कुराको सिर्जना गर्न थालियो र अहिले आएर सबैलाई काम लाग्ने प्रविधिको विकास गर्न सफल भएँ,” लम्वाले भने । उमेरले २५ वर्षका लम्वाले अब घरको ढोकालाई सेन्सरबाटै खोल्न र बन्द गर्न सकिने प्रविधि बनाउने सुनाए ।


उनको कार्यलाई देखेर परिवार मात्रै हैन छरछिमेकी समेत आश्चर्यमा पर्न थालेका छन् । सामान्य अध्ययन गरेका लम्वाले कुनै ठाउँबाट तालीम नलिई घरैमा बसेर एकपछि अर्को प्रविधि तयार गर्दा उनीहरु आश्चर्यमा परेका हुन् । आर्थिक रुपमा कमजोर रहेका लम्वाले विभिन्न सामग्रीको खरीद र सहजताका लागि राज्यले सहयोग गरे अझ नयाँ प्रविधिको निर्माणमा लाग्ने बताए । आफ्नो सीप र मेहननतले राज्यलाई नै सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताउँदै लम्वाले आफूले पनि सहयोग पाउनेमा ढुक्क रहेको बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्