मोरङमा यस्तो : जंगलभित्र ६ देशका ३० कलाकार मुर्ति बनाउन ब्यस्त (तस्बिर सहित)

<span class='c1'>मोरङमा यस्तो : जंगलभित्र ६ देशका ३०</span> <span class='c2'>कलाकार मुर्ति बनाउन ब्यस्त (तस्बिर सहित)</span>

बेलबारी फाल्गुन १४ ।

सुनसान चारकोशे झाडी रहेको स्थानमा झाडी फाँडेर ठूला ठूला ढुंगा राखिएको छन,त्यही ढुङगामा नेपाल, भारत, जापान, जर्मन, ईटाली र बंगलादेशका कलाकारहरु आफ्ना नयाँ सृजना कुद्न ब्यस्त देखिन्छन ।
मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रभित्र गत फागुन ४ गतेदेखि ६ देशका ३० जना मुर्तिकारहरु ढुंगामा आफ्नो कला प्रस्तुत गर्न तल्लिन छन । राम्रा राम्रा कला कृतिहरु निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउने लक्ष्यका साथ सिर्जना पार्क निमार्णका लागी पहिलो चरणमा अन्तराष्ट्रिय स्तरको मुर्तिकार्यशाला शुरु गरिएको वडाअध्यक्ष गंगा याक्खा बताउँछन । 


पार्कमा ५० वटा मुर्ति तयार गरी सुन्दर बगैचा निर्माण गर्ने ध्येयको साथ कार्यशालामा सुरु भएको हो । अहिले जापानका नोरिओ ताकाओका, इटालीकी माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदास, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान मुर्तिकला विभागका प्रमुख लालकाजी लामासहित ३० जना दक्ष, व्यवसायिक मूर्तिकारले आकर्षक मुर्तिहरु खोपिरहेका छन् । जसमा ५ विदेशी र २५ स्वदेशी मुर्तिकार रहेका छन् । उनीहरुले १८ दिन लगाएर विभिन्न मुर्ति बनाउने छन् । त्यससपछि सृजना सामुदायिक वनले उक्त क्षेत्रमा सृजना पार्कको नाममा बगैंचा परिणत हुनेछ ।


करिब १ करोड ८४ लाखको लागतमा तयार हुने पार्कमा तराई मुलका धिमाल र राजवंशीको संस्कृति झल्कने किसिमका मुर्तिका साथ मनमोहक काल्पनिक मुर्ती सहित बेलबारीलाई पहिचान गराउने सृजना रहने कार्यशालाका संयोजक तथा पुर्व नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मुर्तिकला विभागका प्रमुख धनु याक्खा बताउँछन । -बेतना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्