विराटनगरमा हुने साफ महिला फुटबलमा पाकिस्तानको टोली नआउने , नयाँ तालिका यस्तो

विराटनगरमा हुने साफ महिला फुटबलमा पाकिस्तानको टोली नआउने , नयाँ तालिका यस्तो

बिराटनगर फाल्गुन १४

विराटनगरमा हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलमा पाकिस्तानको टोली नआउने  भएको छ। साफ महिला च्याम्पियनशिप पहिलोपटक आयोजनाको अवसर पाएको अखिल नेपाल फुटबल संघ एन्फा र साफले नयाँ तालिका सार्वजनिक गर्दै पाकिस्तानको उपस्थिती नहुने जनाएको हो।

साफका लागि पाकिस्तानसहित ७ टोलीको उपस्थितीमा प्रतियोगिता हुने जनाइएको थियो। य पाकिस्तान फुटबलमा देखिएको आन्तरिक विवाद यसको कारण हुनसक्ने अनुमान एन्फाका पदाधिकारीले गरेका छन्।

यस्तो छ तालिका :

नयाँ तालिका अनुसार २८ गते पहिलो उद्घाटन खेलमा भुटानले घरेलु टोली नेपालको सामना गर्नेछ। विराटनगरको सहिद रङशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। त्यसैगरी, साविक विजेता भारतले २९ गते मालदिभ्सको सामना गर्नेछ। त्यसैगरि चैत्र ६ गते बुधबार विहान ११ र दिउँसो ३ बजे गरि प्रतियोगिताको सेमीफाइनल हुनेछ। उपाधि भीडन्त भने पूर्व निर्धारित मिति चैत्र ८ गतेनै हुनेछ।

प्रतियोगितामा सहभागि टोलीका लागि प्रशिक्षण मैदानका रुपमा विराटनगरको विराटनगर जुटमिल्स मैदान, डिपिएस स्कुलको मैदान र मैदान व्यवस्थापन उपसमितिले जनाएको छ। हालसम्म साफ महिलामा भारतले सर्वाधिक लगातार ४ पटक उपाधि चुमेको छ। त्यसैगरि नेपालले तीन पटक उपविजेतामा चित्त बुझाएको छ भने, बंङ्लादेश साविकको उपविजेता टोली हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्