राजपा केन्द्रीय कमिटिको प्रदेश स्तरीय बैठक आज बिराटनगरमा हुँदै

राजपा केन्द्रीय कमिटिको प्रदेश स्तरीय बैठक आज बिराटनगरमा हुँदै

विराटनगर, १४ फागुन ।
राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समितिको प्रदेश १ स्तरीय बैठक आज बिराटनगरमा बस्दै छ । बिराटनगरको शनीहाट स्थित माडवारी सेवा समितिको भवनमा हुने बैठकमा प्रदेश १ का झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर जिल्लाका अध्यक्ष मण्डलका सदस्यहरु सहभागि हुने छन् ।

त्यस्तै ति जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकारलाई पनि बैठकमा बोलाईएको राजपाले जनाएको छ । बैठकमा सहभागी हुन अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादव, अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल कुमार झा र राजकिशोर यादव समेतको उपस्थिती हुने छ ।
फागुन १० गतेदेखि १३ गतेसम्म प्रदेश २ को जनकपुर बैठकमा उठेका बिषय, जिज्ञासा र प्रश्नहरुको पछि छलफल हुने बताईएको छ । बैठकमा पार्टी संगठन, पार्टी महाधिबेशन, प्रदेश सरकार, जिल्ला समन्वय समिति, गाउँपालिका एवम नगरपालिकाद्धारा भईरहेको बिकास निर्माण, प्रगति, जनआकांक्षा, जनचाहनाको सम्बोधन, पदाधिकारी बिचको सम्बन्ध र समन्वय लगायतका बिषयमा राजपाले छलफल गर्न लागेको हो ।
प्रदेश १ को बिराटनगरमा हुने प्रदेश स्तरीय बैठक पछि फागुन १६ गते प्रदेश ५ को भैरहवा र दाङमा बैठक गर्ने छ । त्यस्तै फागुन १७ गते प्रदेश ७ को नेपालगञ्जमा प्रदेश स्तरिय केन्द्रीय बैैठक गर्ने राजपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्