बिराटनगर फाल्गुन १४ , विराटनगरमा फाल्गुन २८ गतेदेखि हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलको तयारी तिब्र पारिएको छ ।
तालिका अनुसार २८ गते पहिलो उद्घाटन खेलमा भुटानले घरेलु टोली नेपालको सामना गर्नेछ। विराटनगरको सहिद रङशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। त्यसैगरी, साविक विजेता भारतले २९ गते मालदिभ्सको सामना गर्नेछ। त्यसैगरि चैत्र ६ गते बुधबार विहान ११ र दिउँसो ३ बजे गरि प्रतियोगिताको सेमीफाइनल हुनेछ। उपाधि भीडन्त भने पूर्व निर्धारित मिति चैत्र ८ गते नै हुनेछ।
प्रतियोगितामा सहभागि टोलीका लागि प्रशिक्षण मैदानका रुपमा विराटनगरको विराटनगर जुटमिल्स मैदान, डिपिएस स्कुलको मैदान र मैदान व्यवस्थापन उपसमितिले जनाएको छ।
शहिद रंगशालामा तयारी यस्तो :