प्रदेश नाम र राजधानीको प्रस्ताव प्रदेश सभामा कसले लग्ने कुरा मिलने, सदस्य की सरकारले !

<span class='c1'>प्रदेश नाम र राजधानीको प्रस्ताव प्रदेश सभामा कसले</span> <span class='c2'>लग्ने कुरा मिलने, सदस्य  की सरकारले !</span>

विराटनगर, १४ फागुन ।
प्रदेश सभाको नियमावली संशोधन गर्न बनेको समितीको म्याद सकिनै लाग्दा समितीले काम अझै प्रतिबेदन बुझाउन सकेको छैन । प्रदेशको नाम र राजधानीको बिषय सदनमा प्रवेश कसरी गराउने भन्ने बारेमा प्रदेश सभा नियमावली शंसोधनको लागि समिति बनाईएको थियो ।

माघ २९ गतेको संसद बैठकबाट तुलसी न्यौपाने, लक्षुमण तिवारी, कुसुम श्रेष्ठ, राजकुमार ओझा, केदार कार्की, लिला सुब्बा र जयराम यादवलाई नियमावली संशोधन समितिको सदस्यमा चयन गरेको थियो । समितिलाई दिइएको समयसीमा बुधवार सकिँदैछ । बुधवार समितिले नियमावली शंसोधनको प्रतिबेदन प्रदेश सभामा पेश गर्नु पर्ने हुन्छ तर मंगलवार साँझसम्म पनि कुरा मिलेको छैन ।
सत्तापक्ष र प्रतिपक्ष बिच कुरा मिलेन
नियमावली संशोधनको क्रममा समितिमा सत्तापक्ष र प्रतिपक्षको कुरा बाँझिएको छ । प्रतिपक्ष नेपाली कांग्रेस प्रदेशको नाम र राजधानीको प्रस्ताव प्रदेश सरकारले प्रस्तावको रुपमा सदनमा लैजानु पर्ने अडानमा छ भने सत्तापक्षका समितिका सदस्य कुनै १ जना सांसदले प्रस्ताव ल्याउने र त्यसमा २ जनाले समर्थन गरेर लैजानु पर्ने पक्षमा देखिएपछि समितिले नियमावली सांशोधनको कामलाई पुर्णता दिन नसकेको हो ।
प्रदेशको नाम र राजधानी सदनमा प्रस्तुत गर्ने र त्यो पास गर्ने कुरा २ तिहाई सांसदसँग जोडिएकोले त्यो प्रस्ताव सरकारले ल्याउनु पर्ने पक्षमा कांग्रेस देखिएको एक सदस्यले बताए । प्रदेशको नाम र राजधानीको प्रस्ताव ल्याउन मुख्यमन्त्री पन्छिन खोजेको भन्दै सरकारले नै प्रस्ताव सदनमा ल्याउनु पर्ने अडान कांग्रेसका सदस्यहरुले राख्दै आएपछि कुरा नमिलेको श्रोतले बतायो ।
मंगलवार दिनभर संसद सचिवालयमा बसेको बैठकमा यस बिषयमा कुरा नमिले पछि बैठक स्थगित भएको थियो ।
त्यस्तै शुन्य समयमाको बिषयमा पनि कुरा मिल्न सकेको छैन । शुन्य समयमा बोल्ने सदस्यले बिषय खुलाएर ल्याउने की नखुलाई ल्याउने भन्ने बिषय विवादमा परेको हो ।
प्रदेश सभा नियमावलीको वर्तमान प्राबधानमा प्रत्येक दिनको बैठक सामान्यतया शुन्य समयबाट प्रारम्भ हुने भन्ने छ । शुन्य समयमा बोल्न चाहने सदस्यले अघिल्लो दिन आफुले बोल्न चाहेको विषय खुलाइ प्रदेश सभा सचिवालयमा आफ्नो नाम दर्ता गराउनु पर्ने उल्लेख छ ।
तर यो प्राबधामा केही संशोधन गरी बिषय नखुलाई समसामयिक बिषयमा बोल्न पाउनु पर्ने भनी संशोधन गर्नु पर्ने कांग्रेसको भनाई छ । तर अहिले नै भएको बिषयलाई नै निरन्तरता दिनु पर्ने पक्षमा सत्ता पक्ष देखिएको छ ।
‘समितिको छफलमा यही दुई बिषयमा कुरा मिलेको छैन, श्रोतले भन्यो, बुधवार फेरी बैठक बस्ने कुरा छ, त्यसले केही निकास देला ।’
समितिले अरु बिषय भने मोटामोटी टुङ्गो लगाईसकेको समितिका सदस्यले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्