विराटनगर, १४ फागुन। खुला रुपमा बेच्दै आएको दुध तथा दुग्धजन्य पदार्थको उत्पादनमा सरकारले चैत्र ४ गते देखि रोक लगाउन खोजेको भन्दै डेरी व्यावसायीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाल सरकार खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले दुध र दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ कार्यान्वयनमा गर्नै लाग्दा दुग्ध ब्यवसायी आन्दाेलनकाे तयारीमा लागेका हुन् ।
खुला रुपमा दुध बेच्दै आएका डेरीहरुलाई चैत ४ गतेदेखि बन्द गराउने भएपछि उनीहरु आक्राेशित छन् । नेपाल सरकारले निर्देशिकामा गोठ देखि ओठसम्म दुधको स्वच्छता र गुणस्तर कायम राख्न गर्नु पर्ने कार्यहरुको बारेमा उल्लेख गर्दै ल्याएको नयाँ नियमले आफूहरु मारमा पर्ने खुला रुपमा दुध बेच्दै आएका व्यावसायीकाे गुनासो छ ।
यसैविषयसँग तयार पारिएको भिडियो रिर्पोट हेर्नुहोस.....
https://www.facebook.com/ourbrt/videos/2309307565766895/?eid=ARDC0EpNNUXI3CCIyygK1ERlQZSoDK7uACAhLjSp8007pxkG7VN41dl-qnx-IHUG5juj-ttRUN4uSrrw