विराटनगरको नोबेल अस्पतालमा मुटुरोगको उपचार अब थ्रीडी ओसिटी मेसिनबाट (भिडियाे सहित)

<span class='c1'>विराटनगरको नोबेल अस्पतालमा मुटुरोगको उपचार अब</span> <span class='c2'>थ्रीडी ओसिटी मेसिनबाट (भिडियाे सहित)</span>

प्रेम देवान

विराटनगर, १४ फागुन । नोबेल मेडिकल अस्पताल विराटनगरले पहिलो पटक मुटुरोग उपचारको लागि अत्याधुनिक थ्रीडी ओसिटी मेसिन संचालनमा ल्याएको छ ।

नोवेल अस्पातल विराटनगरले मंगलबारदेखि औपचारीक रुपमा मेसिन संचालनमा ल्याएको हो । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नोवेल अस्पताल परिसरमा मै पुगेर मेसिनको उद्घाटन गरे ।
मेसिन उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पहिलो पटक भित्रिएको मेसिनको निरीक्षण पछि नोवेल अस्पताले अत्याधुनिक प्रविधीमा आधारित उपचार शुरु गरेकोमा खुसी ब्यक्त गरे ।
प्रदेश १ बाटै मेसिनको सुरुवात गर्ने मेडिकल कलेज तथा अस्पातलको सक्रिय टीमलाई मुख्यमन्त्री राईले धन्यवाद समेत दिए । नया प्रविधीले मुटु रोग सम्बन्धी विरामीलाई प्रदेश नम्बर एकमा मात्र नभई मुलुक भरी र छिमेकी मुलुक भारतका नेपालसँग जोडिएका क्षेत्रका नागरिकले फाईदा लिन पाउने भन्दै यसको ब्यपक प्रचार प्रसार गर्नुपर्ने बताए ।
मुटु रोगको गुणस्तरीय उपचारका लागि नोबेलले पहिलो पटक अत्याधुनिक थ्रीडी ओसिटी मेसिन प्रयोगमा ल्याएको हो ।
मुटुको जटिल एन्जियोप्लाष्टिकको लागि उपयोगी मानिने ओसिटी मेसिन दुई करोडको लागतमा खरिद गरिएको हो । कोरोनरी आर्टरी साँगुरिएका बिरामीहरुको ब्लकेज खोल्ने क्रममा स्टेण्ट राख्न यो मेसिन अत्यन्तै उपयोगी रहेको अस्पतालका निर्देशक राजेश नेपालले बताए ।
यसले नसा भित्रको भिडियो एक्सरे गरेर त्यहाँको वास्तविक अवस्था पत्ता लगाउँछ । जसका कारण स्टेण्ट हाल्नुपर्ने वा नपर्ने, हाल्दा कस्तो र कत्रो साईजको हाल्नुपर्ने, स्टेण्ट राख्दा राम्रोसँग मिल्यो कि मिलेन जस्ता सवै कुरा मेसिनकै माध्यमबाट पत्ता लाग्ने उनले जानकारी दिए । नोबेलले पहिलो पटक ओसिटी मेसिन प्रयोग थालेपछि मुटुको एन्जियोप्लाष्टिका लागि गुणस्तरीय र भरपर्दो उपचारको थालनी हुने अस्पताल संचालकको दाबी छ।

https://www.facebook.com/ourbrt/videos/989112251299628/?eid=ARAMj-1y_be_CdPVfSry9ZUtiNvVoKiCORVzMlfprxLuvEZfqJVaze6J_IXDd1-YdHjVATuV1de2QKLV

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्