उर्लाबारी १४ फागुन ।
मोरङको उर्लाबारीमा यही फागुन १७ गते देखि मिस धिमाकाे फाईनल हुने भएकाे छ। उर्लाबारीको न्यु भिजन एकाडेमिमा मिस धिमाल २०१९ को फिनाले बारे मंगलबार पत्रकार सम्मेलन गरी प्रतियाेगिता बारे जानकारी गराएको हाे ।
अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल किशारीहरुकाे प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि गर्ने उद्देस्यले मिस धिमाल २०१९ आयोजना गरिएको हो । ५० जनाले अडिसन दिएकाे मध्ये २६ जना छनौट भएका थिए । छनौट हुनेक्रममा फाइनलमा विभिन्न क्षेत्रका २० जना युवती बिच प्रतिष्पर्धा हुने छ । मिस धिमालको ताज रनिङ रहने आयाेजकले जनाएकाे छ । ताज चाँदीबाट निर्माण गरिएको हो । मिस धिमाल विजेताले नगद १ लाख लगायत अन्य पुरस्काहरु, फस्ट रनरअपले ५० हजार नगद लगायत अन्य पुरस्काहरु, सेकेण्ड रनरअपले ३० हजार नगद लगायत अन्य पुरस्काहरु प्रदान गरिने संयोजक सुनिल धिमालले जानकारी दिए । मिस ट्यालेन्ट, पब्लिक च्वाइस, मिस क्यटवाक, मिस एक्टिभ, मल्टिमिडिया एवार्ड, मिस प्रस्नालिटी, मिस फोटो जेनिक, बेष्ट स्माइल लगायत आठ वटा सव टाइटलमा नगद सहित पुरस्कार दिईने आयोजकले जनाएकाे छ ।