सुनसरीमा पहिलाे पटक अन्तराष्टिय डाेरीतान प्रतियाेगिता हुँदै, नेपाल-भारतका ८ टिम सहभागी हुने

<span class='c1'>सुनसरीमा पहिलाे पटक अन्तराष्टिय डाेरीतान प्रतियाेगिता</span> <span class='c2'>हुँदै, नेपाल-भारतका ८ टिम सहभागी हुने</span>

दुहबी, १५ फागुन । सुनसरीको दुहबी नगरपालिकामा नेपालमै पहिलो पटक डोरीतान प्रतियोगिता आयोजना गरिएको छ ।

सुनसरी जिल्ला डोरी तान संघको आयोजनामा दुहवी स्थित श्री सरस्वती माविको खेल मैदानमा फागुन १७ गते हुने डोरीतान गोल्डकप प्रतियोगितामा नेपाल र भारतकागरि ८ ओटा टिमको सहभागिता रहने छन ।
उक्त प्रतियोगितामा झापा, मोरङ, सुनसरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतको झारखण्ड र विहारका टिमहरु सहभागि हुनेछन । पत्रकार सम्मेलनमा जानकारी दिँदै नेपाल डोरीतान संघका केन्द्रिय उपाध्यक्ष सुभासश्री पोखरेलले अन्तराष्ट्रिय डोरीतान गोल्डकप प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको जानकारी दिए ।
प्रचार प्रसारको अभावमा ओझेल परेको यो खेललाई अन्य खेलकुद जस्तै संरक्षण र प्रर्वधन गर्नुपर्नेमा उनले जोड दिए । सुनसरी जिल्ला डोरी तान संघका उपाध्यक्ष रमेशबावु थापाले मोरङ डोरी तान संघको सहकार्य तथा दुहवी नगरपालिकाको संयोजनमा हुने प्रतियोगितामा ६ लाख १५ हजार अनुमानित खर्च हुने जानकारी दिए ।

उनले प्रतियोगितामा प्रथम हुने टिमलाई नगद पचास हजार ट्रफी मेडल तथा प्रमाण पत्र र दोश्रो हुने टिमलाइ नगद पचीस हजार ट्रफी मेडल तथा प्रमाण पत्र प्रदान गरिने बताए । बिश्वकै पूरानो खेल मध्येको एक डोरीतान खेलमा दुबै तर्फबाट ८–८ जना खेलाडी सहभागि हुन्छन । खेलको नियमअनुसार ८० फिट लम्बाई र ३० एमएम मोटाइको डोरीलाई दुबै तर्फबाट एक अर्काले तानेर आफ्नो तर्फ डोरी तान्न सफल हुने खेलाडीहरुले जित हासिल गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्