आयल निगम विराटनगरको क्यालिब्रेसन टावरको मर्मत सकियो, ढुवानीकर्ताले कम तेल दिन नसक्ने

<span class='c1'>आयल निगम विराटनगरको क्यालिब्रेसन टावरको मर्मत</span> <span class='c2'>सकियो, ढुवानीकर्ताले कम तेल दिन नसक्ने</span>

विराटनगर, १५ फागुन।नेपाल आयल निगम, प्रदेश नम्बर १ को डिपोमा रहेको क्यालिब्रेसन टावर आठ महिनापछि सञ्चालनमा आउने भएको छ।
निगमको प्रादेशिक प्रमुख भएर गत साउन महिनामा एक्कासि दिनेश यादव आएपछि क्यालिब्रेसन टावर एकाएक बिग्रिएको थियो।

यो बुधबारदेखि सञ्चालनमा ल्याइने भएको हो।पानीका माध्यमबाट ट्याङ्करमा रहेको इन्धनको परिमाण मापन गर्ने ठाउँलाई क्यालिब्रेसन टावर भनिन्छ । टावरमा एक हजारका लिटर पानी अट्ने दुई वटा ट्याङ्की राखिएको छ । यसलाई प्रुभिङ ट्याङ्क भनिन्छ ।यसअघिको प्रुभिङ ट्याङ्कमा खिया लागेर दूलो परेको हुँदा चल्न नसकेको यादवले दाबी गरे।

क्यालिब्रेसन टावर बिग्रिएको फाइदा उठाउँदै गत मङ्सिर महिनामा ढुवानीकर्ता शुकदेव सिंहले ट्याङ्करबाट २५ सय लिटर डिजल निगमलाई कम आपूर्ति गरेको पत्ता लागेको थियो।निगमका कर्मचारी र ढुवानीकर्ताले क्यालिब्रेसन टावर बिग्रिएको नाजायज फाइदा उठाइरहेका थिए।ढुवानीकर्ता सिंहको २५ सय लिटर डिजलको काण्डलगत्तै निगमको केन्द्रीय कार्यालयले क्यालिब्रेसन टावरको मर्मत गर्न प्रादेश कार्यालयलाई निर्देशन गरेको थियो।

प्रदेश प्रमुख यादवका अनुसार अब कुनै पनि ट्याङ्करले आपूर्ति गर्ने तेलको परिमाणमा शङ्का लागेमा, कमी देखिएमा वा तौल घटेमा क्यालिब्रेसन टावरमा लगेर क्रस चेक गर्न सकिने छ। अब ढुवानीकर्ताबाट निगमले र निगमबाट पेट्रोल पम्पहरूले पूरा तेल पाउने छन् ।निगमको डिपोमा राखिएको क्यालिब्रेसन टावरलाई नेपाल गुणस्तर तथा नापतौल कार्यालयले परीक्षण गरेर सञ्चालनका लागि स्वीकृति र प्रमाणपत्रसमेत दिएको प्रमुख यादवले जानकारी दिए ।

क्यालिब्रेसन टावरको मर्मत विराटनगरकै सिंह इन्जिनियरिङले गरेको र यसको लागतको पूरा प्रतिवेदन आउन बाँकी रहेको उनले उल्लेख गरे।
निगमको रेकर्डअनुसार प्रदेश कार्यालयको मातहतमा हाल ३ सय ९७ वटा ट्याङ्कर सञ्चालनमा छन् । साधारण र प्याक्ड गरी प्रदेशभरिमा २०६ वटा डिलर छन्।

निगमको प्रादेशिक डिपोमा पेट्रोल भण्डारण क्षमता ५६० केएल रहेकोमा हाल ५०४ केएल र डिजलको भण्डारण क्षमता ७ हजार ११० केएल रहेकोमा ६ हजार ६५५ केएल मौज्दात रहेको यादवले जानकारी दिए।डिपोभित्रको धर्मकाँटा जीर्ण भएकाले ठीक परिमाणको मापन दिन नसकेको हुँदा यसलाई पनि प्रतिस्थापन गरी विद्युतीय डिजिटल धर्मकाँटा जडान गर्ने योजना रहेको यादवले बताए। अनन्तराज न्याैपाने/बिजमाण्डु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्