बिराटनगर मौसम : बिराटनगरमा मौसम आज चिसियो , बिहानैदेखि वर्षा हुदै

<span class='c1'>बिराटनगर मौसम : बिराटनगरमा मौसम आज</span> <span class='c2'>चिसियो , बिहानैदेखि वर्षा हुदै</span>

 बिराटनगर फाल्गुन १५ , जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै मेघगर्जनसहित पानी पर्ने जनाएको छ ।

पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भू–भागका केही स्थानहरुमा मध्यान्न पछि मेघगर्जन सहित देशका मध्य, पश्चिम र पूर्वी क्षेत्रको मौसम भोलि बेलुकीसम्म बदली रही अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताउनुभयो ।

दाङ, नेपालगन्ज, सुर्खेतलगायत पश्चिमका अधिकांश स्थानमा पानी परिरहेको छ। यस्तै, जोमसोम, जुम्लालगायतका उच्च पहाडी र हिमाली भेगका जिल्लामा हिमपात पनि भइरहेको छ। उहँकाे अनुसार शुक्रबादेखि मात्रै मौसममा सुधार आउने छ।

बिराटनगरमा पनि आज बिहानैदेखि पानी परिरहेको छ । बिराटनगरको आजको अधिकतम तापक्रम २८.८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १५.८ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्