मोरङमा यस्तो : खोलामा एक भारतीय नागरिकले कच्चीपुल बनाएर रकम असुल्दै

<span class='c1'>मोरङमा यस्तो : खोलामा एक भारतीय</span> <span class='c2'>नागरिकले कच्चीपुल बनाएर रकम असुल्दै</span>

मोरङको जहदा गाउँपालिका भएर बग्ने सिगियाखोलामा भारतीय नागरिकले कच्चीपुल बनाएर रकम असुल्दै आएको पाइएको छ । वर्षैभरि करिब चार फिट पानी बग्ने सो खोलामा सरकारीस्तरबाट पुल बनाउने प्रयास नभएकै कारण विगत आठ वर्षदेखि भारतीय नागरिक जगमलाल रामले खोलामा बाँसको कच्ची पुल बनाएर आउजाउ गर्नेसँग रकम लिँदै आएका छन् ।

भारतको बिहार प्रान्तको फूलकाही निवासी ७५ वर्षीय रामले सो खोलामा ३२ फिट लामो कच्ची पुल बनाएर स्थानीयबासीबाट रकम लिने गरेको खबर नेपाल समाचारपत्रले लेखेको छ ।

सो कच्ची पुलमा दैनिक २ हजारको हाराहारीमा सर्वसाधारण आउजाउ गर्ने गरेको उनीहरु बताउँछन् । स्थानीयबासीले कच्ची पुल तिरेबापत रामलाई वर्षेनी प्रति परिवार एक मनसम्म धान र गहुँ दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्